कांग्रेसले मदाने गाउँपालिका -१ बाट वडा अध्यक्षमा युवा नेता चन्दलाई उठाउने !



चैत २७ गुल्मी ।

नेपाली काङ्ग्रेस मदाने गाउँपालिका -१ अग्लुङले वडा अध्यक्षमा युवा नेता शुसिल चन्दलाई उठाउने निर्णय गरेको छ । वडा सभापति समेत रहेका चन्दलाई वडा अध्यक्षमा सर्वसम्मत सिफारिस गरिएको नेपाली काङ्ग्रेस अग्लुङले जानकारी दिएको छ ।
विकास प्रेमी युवा नेताको रुपमा परिचत चन्द स्वच्छ छवी भएका नेता हुन ।
सत्ता बाहिर हुँदा पनि अग्लुङका जनताको समस्यामा सदैव हातेमालो गरेर समस्या समाधानमा अहोरात्र घटिने चन्द अग्लुङका जनता माझ लोकप्रिय रहेका छन । नेकपा एमालेको गढ मानिने अग्लुङमा एमालेले अहिलेका वडा अध्यक्ष प्रेम चन्दलाई पुनः वडा अध्यक्षमा उठाउने निर्णय गरेको छ । शुसिल चन्दको लागी प्रेम चन्द बलिया प्रतिद्वन्दीका रुपमा प्रस्तुत हुने अग्लुङका राजनीतिक जानकारहरु बताउँछन् ।
तर पछिल्लो समय शुशिल चन्दको बढदो लोकप्रिय र सबैको माग युवा आउनु पर्छ भन्ने भएका कारण उनको जित सुनिश्चित जस्तै रहेको नेपाली काङ्ग्रेस अग्लुङले दावी गरेको छ ।
पुराना अनुहारलाई भन्दा नयाँ र युवा अनुहारलाई अग्लुङका जनताले विश्वास गर्ने स्थानीय युवा राजु चंदले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता