उद्यम गर्ने चाहनेलाई मालिका गाउँपालिकाले सात लाख सम्म बिना ब्याज ऋण प्रवाह गर्ने !



असार १४ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिकाकले उद्यम गर्ने चाहने युवा तथा व्यवसायीलाई बिना ब्याज सात लाख सम्म ऋण प्रदान गर्ने नीति लिएको छ । आर्थीक वर्ष २०७८/७९ देखी कार्यान्वन हुने गरी उक्त नीति लिईएको गाउँपालिकाले जनाएको छ । यद्यवी मालिका गाउँपालिकाले यस वर्ष पनि उद्यम गर्ने चाहने युवा तथा व्यवसायीलाई बिना व्याज ऋण प्रवाह गरेको थियो । बैङ्कििङ पद्धती बाट ऋण प्रवाह गर्दा सबै नागरिकको पहूँच नपुगेको बताउदै आर्थीक वर्ष २०७८/७९ देखी यस नीति लाई पर्मिाजन सहित ल्याईएको गाउँपालिकाका अध्यक्ष रीत बहादुर थापाले बताए ।

 

मालिका गाउँपालिका -८ का साहिल खड्काले सञ्चालन गरेको कुखुरा फर्म /तस्वीर गुल्मी अपडेट

गाउँपालिकाबाट साना उद्योग तथा व्यवसाय दर्ता गरि प्रमा‍‍ण पत्र लिएका र पानमा दर्ता गरि पान नंम्वर समेत लिएका उद्यमिहरुको लागि ७ लाख सम्म बिना ब्याजमा ऋण प्रवाह गर्ने नीति रहेको गाउँपालिकाका सुचना प्रविधि अधिकृत जगत पौडेले बताए । आर्थीक वर्ष २०७७/ २०७८ मा वैङ्किङ पद्धतिबाट यो कार्यक्रमको सुरुवात गर्दा सवै लघु उद्यंमिको ऋणमा पहुँच नपुगेको कारण प्रत्येक वडामा रहेका सहकारी मार्फत आर्थीक वर्ष २०७८/ २०७९ मा ऋण प्रवाह गर्ने सकिने अधिकृत पौडेलको भनाई रहेको छ।

आर्थीक वर्ष २०७८/७९ मा ५० हजार देखी सात लाख सम्म बिना व्याज ऋण प्रवाह गरी तीन सय जना युवा तथा व्यवसायीलाई गाउँमै उद्यमी बनाउने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक भण्डारीले बताए । यो आर्थीक वर्षमा दश जना युवाले ५० लाख ऋण लिई उद्यम गरिरहेको प्रमुख प्रशासकिय अधिकृत भण्डारीले जानकारी दिए ।

यस कार्यक्रम बाट गाँउमै रोजगारीको अवसर सृजना गर्ने , व्यक्तिको आय बढाउने , उद्यमबाट कर उठाउने हुँदा राज्यको आम्दानी बढाउने , व्यवस्थापकिय क्षमताको विकास गर्ने , आयात घटाउने र निर्यात बढाउने जस्ता अपेक्षा गाउँपालिकाले राखेको छ ।

 

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता