अर्जैमा वडा अध्यक्षका उमेदवार शोभाखर गिरीको चर्चैचर्चा किन चाहन्छ्न अर्जै वासी शोभाखरलाई ?



बैशाख- १८ गुल्मी ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा भारी बहुमतका साथ विजय भएका शोभाखर गिरी पुनः अहिले २०७९ सालको वडा अध्यक्ष पदको उम्मेदवार बनेका छन् ।
गिरी अहिले वडा अध्यक्षको उम्मेदवार बने पनि उनको चर्चा गाउँपालिकाको अध्यक्ष पदमा पनि भएको थियो । किनकी उनले अर्जैमा गरेको विकास,गाउँपालिकाका सबै वडा तथा नागरिक सङको समन्वय, साथसाथै प्रष्ट रूपमा आफ्ना बिचार राख्न सक्ने र युवाहरूलाई आकर्षण गर्न सक्ने क्षमता भएका कारण उनलाई भावी गाउँपालिकाका अध्यक्षका रुपमा हेरिएको थियो । तर पाटीको केही आन्तरिक समस्या र अर्जैबासिको चाहना अनुरुप उनी पुनः वडा अध्यक्षको पदमा उम्मेदवार दिन राजी भए । वडा अध्यक्षमा आफ्नो चाहाना भन्दा पनि जनता तथा कार्यकर्ताको चाहानाले उनले वडा अध्यक्षमा उम्मेदवारी दिइएको बुझिएको छ । पाँच वर्षको अबधिमा अर्जैमा गरेका विकास निर्माणका काम र अघि सारेका केही महत्वाकांक्षी योजना पूरा गर्न अर्जै वासी तथा उनको पाटी नेकपा एमालेले उनलाई उम्मेदवार बनाएको हो ।

त्यस्तो त उनको टिमले अर्जैमा केके गर्यो ?

जिल्लामै पहिलो पटक खरका छाना मुक्त घर वडा घोषणा गरे, सबै विपन्न दलित तथा गरिब परिवारलाई नि शुल्क जस्ता पाता प्रदान गरी हिउँदमा आगलागीको डर र वर्षायाममा पानी चुहिने समस्या बाट नागरिकले उन्मुक्ति पाए भने आफ्नो खरायन नहुने ,खर छाउने मान्छे खोज्दै हिडन परेन जसले गर्दा नागरिकले राहतको महसुस गरे ।
त्यस्तै जिल्लामै पहिलो पटक पुर्ण संस्थागत प्रसुती वडा घोषणा गर्न सफल भए ,अर्जै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सहितको सुविधा,नि शुल्क एम्बुलेन्स सेवा तथा गर्भवती एबम सुत्केरी महिलालाई पोषण भत्तको व्यवस्था गरि सबै गर्भवती महिलाहरु स्वास्थ्य संस्थामै गएर सुत्केरी हुन पर्छ भन्ने सन्देश दिन सफल भए । साथै अर्जै स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टर द्वारा सेवा प्रवाह सुरु गरे । अहिले अर्जै सङै यो भेगका नागरिकहरु दिशापिसाब,खकार,रगत जाँच गराउन तम्घास जानू पर्दैन । साथै कोभिड १९ को महामारीको समयमा अर्जैमा अस्थायी कोभिड अस्पतालको स्थापना गरी अर्जै सङै मालिका वासीको सेवा गरे ।

वडाका सबै ठाउँमा सडक पुराए भने वडाको मुख्य सडकलाई पक्की बन्दै छन जुन निर्माणधिन अबस्थामा छ । अर्जैका पाँच सय ७५ घरधुरीमा खानेपानी पुराए भने बाकी घरमा छिट्टै पुग्दै छ । वडाका ५८ ठाउँमा नि शुल्क राउटरको व्यवस्था गरि नि शुल्क वाईफाई उपलब्ध गराए । जसका कारण अर्जैका नागरिक सहजै सञ्चार संग जोडिन पाए ।

त्यस्तै गाउँपालिका द्वारा सञ्चालीत बिना ब्याज ऋण प्रवाह ,उत्पादनमा आधारित अनुदान तथा भैंसी प्रवर्द्धन कार्यक्रमलाई प्रभावकारी ढंगले लागू गरे । बिना ब्याज ऋण प्रबाह कार्यक्रमले अर्जैका धेरै युवा कृषि उत्पादन तथा अन्य व्यवसाय सुरु गरेका छ्न । भने भैंसी प्रवर्द्धन कार्यक्रममा दिइएको ५० प्रतिशत अनुदानले यहाँका १७ जना किसान उन्नत जातका गाई तथा भैंसी पालनमा जोडिएका छन ।

जसको बजारीकरणको लागि गाउँपालिकाले वडाको रातिपोखरी र फुलबारीमा डेरीको समेत व्यवस्था गरिदिएको छ । त्यस्तै उत्पादनमा आधारित अनुदानले अर्जैका थुप्रै किसान व्यवसायीक किसान बनेका छन ।
आफ्नो उत्पादन अनुसार अनुदान पाईने हुँदा उनिहरु हौसिएका छन । भने बाख्रा विकास परियोजना अन्तर्गत अर्जैका धेरै किसान त्यस परियोजनामा आवद्ध हुँदै आत्मनिर्भर बन्दै गएका छन ।

आफुले गरेका यस्ता थुप्रै काममा कारण अर्जै वासीले पुनः मतदान गर्नेमा गिरी विश्वस्त रहेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता