आर्थिक हिनामिना गर्ने गुल्मीका पुर्व जनसरकार प्रमुख विकलाई कपिलवस्तुमा कालोमोसो र चप्पलको माला लगाएर कारबाही



१७ फागुन, कपिलवस्तु । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले पार्टी नीति विपरित पैसा उठाएर पार्टीको बदनाम गरेको भन्दै गुल्मी जिल्लाका पुर्व जनसरकार प्रमुख प्रशान्त विकलाई कालोमोसो र चप्पलको माला लगाएर कारबाही गरेको छ ।

मंगलबार कपिलवस्तुको बाणगंगामा लुकेर बसेको अवस्थामा जनताले सूचना गरेपछि प्रशान्तलाई वडा नं. ११ को बरवा चोकको सार्वजनिक स्थानमा जनताको सहभागिता सहित कारबाही गरिएको सो पार्टीले जनाएको छ ।

उनि बाणगंगा नगरपालिकाका पूर्व सेक्रेटरी हुन् । गुल्मीमा विक्रान्तले नामले चिनिने विक गुल्मीको पूर्वी क्षेत्र ठूलो लुम्पेकलगायत कार्यक्षेत्रमा रहँदा समेत पार्टी नीति विपरित कार्य गरी पार्टी संगठन ध्वस्त पारेको, राजनीतिक तथा सांगठनिक अराजकता मच्चाएको, अनुशासनहीन भएको आदि कारण नेकपाले कपिलवस्तु सरुवा गरेको थियो ।

कपिलवस्तुमा समेत पार्टी नीति विपरित कार्यलाई कार्यलाई निरन्तरता दिएकोले उनलाई पटक–पटक पार्टी अनुशासन र नीतिमा बस्न र सच्चिन निर्देशन दिएपनि नसुध्रिएकोले सांकेतिक कारवाही गरेको नेकपा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज जुझारुले बताउनुभयो । उनलाई पार्टीले २०७७ सालमा नै निलम्बन गरी श्रम शिविरमा पठाएको थियो । श्रम शिविरमा समेत नसुध्रिएपछि प्रशान्त भागेर गोप्य रुपले विभिन्न स्थानमा बस्दै आएका थिए ।

प्रशान्तले आफ्नो कार्य क्षेत्र कपिलवस्तुमा हुँदा समेत गुल्मीका व्यवसायी संग चन्दा माग्ने गर्दथे । कालो मसो दले पछि यता नेकपा गुल्मीले यस्ता कारबाहीलाई थप निरंतरता दिने बताएको छ ।

पार्टी भित्र आर्थिक चलखेल गर्ने, पार्टीले कारबाही गरेपछि अन्य पार्टीमा प्रवेश गर्ने र नेकपामाथि निराधार आरोप लगाउनेलाई पार्टीले भौतिक कारबाही गर्न सक्ने समेत चेतावनी दिएको छ ।

उनलाई गुल्मीबाट सरुवा गरेपछि पार्टीले २०७६ साल कार्तिकमा बाँणगंगा नगरको नगर सेक्रेटरीको जिम्मेवारी दिएको थियो । जिम्मेवारी पाएपछि उनले पार्टीको नाममा विभिन्न ठाउँबाट रकम असुल्ने, पारदर्शिता नदेखाउने र रकम हिनामिना गर्ने आरोपमा उनलाई सो सजाय दिएको सेक्रेटरी शेरमानले बताए ।

नेकपाले पार्टी नीति विपरित आर्थिक अराजकता मच्चाउने र पार्टीको बदनाम गरी बसेका र संरक्षण खोज्दै पार्टी छाडेकाहरुलाई कारवाही गर्ने केन्द्रीय नीति अन्तर्गत प्रशान्तलाई सांकेतिक कारवाही गरेको बताइएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता