सत्यवती कृषीमा अव्बल : दुध र मासुमा आत्मर्नीभर !



साउन- ३ गुल्मी ।
कृषी प्रधान देश नेपाल कृषी माथीको परनिर्भता बढिरहेको समयमा गुल्मीको सत्यवती गाउँपालिकाले कृषीमा आत्मर्नीभर भएको घोषणा गरेको छ । कृषी तथा पशुपंक्षी क्षेत्र अन्र्तगत दुध र मासुमा आत्मर्नीभर भएको गाउँपालिकाको दावी छ । गाउँपालिकाको जनसंख्या र गाउँपालिका भित्र उत्पादन हुने मासु तथा दुधको परिमाण अनुसार गाउँपालिकालाई दुध र मासुमा आत्मर्नीभर भएको घोषणा गरिएको हो । वृहत कार्यक्रमका बिच जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले गाउँपािलकालाई दुध र मासुमा आत्मर्नीभर भएको घोषणा गरेका हुन । घोषणा गर्दै पराजुलीले गाउँपालिकालाई धन्यवाद व्यक्त गदै शुभकामना समेत दिएका छन् ।

सत्यवती गाउँपालिकामा वार्षीक २४ लाख ४८ हजार एक सय ८ लिटर दुध उत्पादन , २१ हजार ६ सय ९० केजी लोकल कुखुराको मासु, दुई लाख ६ हजार ६ सय ब्रोइलर कुखुराको मासु, ७८ हजार दुई सय ४० केजी बंगुरको मासु, ९९ हजार ८ सय २५ केजी खसी बोकाको मासु र एक लाख ७८ हजार चार सय रांगा भैंसीको मासु  उत्पादन हुदैं आएको पशुपंक्षी विकास शाखाले जानकारी दिएको छ । सत्यवती गाउँपालिकाको पशुपंक्षी विकास शाखाले लिएको तथाङ्ग अनुसार गाउँपालिकको हालको जनसंख्या २६ हजार ५ सय ३३ रहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार स्वस्थ रहन प्रती व्याक्ती ९२  लिटर दुध, ४८ वटा अण्डा र १४ केजी मासु वार्षीक उपभोग गर्नु पर्ने हुन्छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अुनुसार गाउँपालिका सक्षम रहेको कृषी शाखाको भनाई छ । आफुहरुको लामो अथक प्रयास र मेहनतलेनै गाउँपालिका दुध र मासुमा आत्मर्नीभर भएको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए ।
यता किसानले भने घोषणा संगै किसानलाई समयको माग अनुसार सहयोग गर्नु पर्ने र कृषी पेसामा टिकाई राख्न आवश्यक रहेको अगुवा कृषक अर्जुन कनौजे बताउछन् ।

स्थानीय सरकार बनेको चार वर्ष पछि सत्यवती गाउँपालिका मासु र दुधमा आत्मर्नीभर बन्न सफल भएको हो । गाउँपालिकालाई दुध र मासुमा आत्मर्नीभर बन्न महत्वपुर्ण योगदान दिने किसान तथा समुहलाई उत्पादनमा लाग्न हौसला प्रदान गदै गाउँपालिकाले समय समयमा किसानलाई सम्मान समेत गदै आएको गाउँपालिकाका कृषी तथा पशुपंक्षी शाखाका प्रमुख नारायण खनालले बताए । उनले “भने दुध र मासुमा आत्मर्नीभर घोषणा गर्नु निकै ठुलो उपलब्धी हो यो उपलब्धीलाई जोगाई राख्न हामीलाई चुनौती छ, तर पनि यसलाई दीर्धकाल सम्म लैजाने बताउदै समयको माग तथा कृषकको चाहाना अनुसार कार्यक्रम अगाढी बढ्नेछन् “।

शनिवार आयोजित आत्मर्नीभर घोषणा कार्यक्रममा ६८ वटा पशुपंक्षी फर्म , ३१ वटा समुह  र ५ वटा सहकारी लाई सम्मान गरिएको थियो ।त्यस्तै सोही अवसरमा उत्पादनमा आधारित अनुदान पशुविमा गर्दा किसानले तिर्नुपर्ने रकमको ५० प्रतिशत अनुदान र १४ वटा समुहलाई दराज खरिदको लागी अनुदान समेत वितरण गरिएको थियो ।

कर्यक्रममा भुमि व्यवस्था कृषी तथा सहकारी मन्त्रालय पशुपंक्षी विकास माहाशाखा प्रमुख तुल्सी भण्डारी ,भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र पल्पाका प्रमुख डाक्टर चन्द्रबहादुर राना ,गाउँपालिकाका उपाध्यक्ष शुर्वण शेरचन शाही, प्रमुख प्रशासकिय अधिकृत झविश्र रेग्मी ,किसान लगायतको सहभागीता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता