करणी आरोपी श्रेष्ठलाई कारवाही माग गर्दै महिलाहरुको प्रदर्शन



कपिलबस्तु, २ फागुन
साता अघि सदरमुकाम तौलिहवाको नयाँटोलमा एक बालीका माथी भएको जबरजस्ती करणीका आरोपीलाई कारवाही हुनु पर्ने माग गर्दै महिला समुहका प्रतिनिधीले प्रदर्शन गरेका छन । कपिलवस्तु नगरपालिका वडा नम्बर १ आनन्दबाग कि १४ बर्षिय बालिकालाई करणी पछि फरार भएका व्यवसायी अर्जुन श्रेष्ठलाई तत्कालै नियन्त्रणमा लिई कारवाही गर्नु पर्ने माग गर्दै महिला आन्दोलित भएका हुन । तौलिहवा बजारमा स्वतहःफुत रुपमा जम्मा भएका महिलाहरुले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा पुगेर व्यवसायी श्रेष्ठलाई तत्कालै नियन्त्रणमा लिई कारवाही गर्नु पर्ने माग राखे । सरोकारवाला निकाय र सञ्चार माध्यम समेत गम्भिर नहुदाँ बलात्कारका आरोपी सहजै फरार हुन सकेको महिलाहरुको आरोप छ । पिडित बालिका कपिलवस्तु नगरपालिका वडा नम्बर १ नयाँटोलमा केहि बर्ष यता श्रेष्ठले सञ्चालन गर्दै आएको कपिलवस्तु पान मसला सुर्ति तथा गुटखा उद्योगमा कार्यरत रहेको खुल्न आएको छ । आफुलाई शुरुमा उद्योगमा सुर्ति प्याक गर्ने काममा लगाए पनि पछि खाना पकाउने काममा लगाएको बताउदै आरोपी श्रेष्ठले गत माघ १७ गते साँझ हात खुट्टा बाधेर जबरजस्ती करणी गरेको पिडीत बालिकाले बताईन ।

पिडित बालिकाकी आमाले दिएको जबरजस्ती करणी सम्बन्धि मुद्दाको किटानी जाहेरीका आधारमा जिल्ला अदालत कपिलवस्तुले आरोपी श्रेष्ठलाई नियन्त्रणमा लिन पक्राउ पुर्जि जारी गरेको छ । पछिल्ला केहि सदन यता कतिपय सञ्चार माध्यमले आफुहरुको समाचार संप्रेषण नगरेको र कतिपय सञ्चार माध्यमले घटनाको तथ्य बङ्गयाउन खोजेको भन्दै पिडित बालिकाकी आमाले सञ्चार माध्यम प्रति दुखेसो पोखिन । जघन्य अपराधमा संलग्न आरोपी श्रेष्ठलाई प्रहरी प्रशासनले समयमै नियन्त्रणमा लिई आवश्यक कारवाही गरि पिडितलाई न्याय दिन आवश्यक रहेको महिला अगुवा सविता श्रेष्ठले बताईन । सञ्चार माध्यमलाई कुनै पनि प्रलोभन र दबावमा नपरि सत्य तथ्य समाचार संप्रेषण गर्न उनले आग्रह गरिन । “समाजका सबै जिम्मेबार बर्गले आज अपराधलाई प्रशय दिए भोली आफ्ना नजिकका व्यक्ति समेत जोखिममा पर्न सक्छन भनेर बुझन जरुरी छ ।” उनले भनिन । “सञ्चार माध्यमले पिडितका पक्षमा भन्दा पिडकलाई उन्मुक्ति दिनका लागी अगुवाई गरेको छ । के सञ्चार माध्यमले पिडितका पक्षमा समाचार नलेख्ने कसम नै खाएको हो र ” उनले आक्रोश व्यक्त गर्दै भनिन । सञ्चारकर्मी पनि समाजकै अंग र सन्तानका बाबु भएकाले सत्यतथ्य समाचार संप्रेषण गर्न खुटटा नकमाउन उनले आग्रह गरिन । यता जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरिक्षक लाल बहादुर बिकले बालिका बलात्कार जस्तो जघन्य अपराधको घटनाको जाहेरीका आधारमा आरोपी अर्जुन श्रेष्ठ उपर पक्राउ पुर्जि जारी भएको जानकारी दिए । आरोपी श्रेष्ठ फरार रहेकाले निजलाई नियन्त्रणमा लिन प्रहरीले आवश्यक सुचना संकलन र संप्रेषण गरेको उनले स्पष्ट पारे ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता