इस्माको बुल्म आधारभुत विद्यालयलाई कम्प्युटर सहित शैक्षिक सामाग्री प्रदान



असोज -१६ गुल्मी ।

गुल्मीको इस्मा गाउँपालिका -६ अमरपुर बुल्म स्थित बुल्म आधारभुत विद्यालयलाई कम्प्युटर , प्रिन्टर सहित खेलकुद सामाग्री र शैक्षिक सामाग्री प्रदान गरिएको छ ।
लायन्स क्लब अफ बुटवल गोल्डेन जुब्लीले एक थान कम्प्युटर , एक थान प्रिन्टर सहित विद्यालयलाई शैक्षिक सामाग्री र स्वास्थ्य सामाग्री प्रदान गरेको विद्यालयका प्रधानाध्यापक माया महत कुवरले बताईन ।
साथै यो वर्ष देखी विद्यालयमा कम्प्युटर विषय अध्यापन भैइरहेको बताउदै प्राप्त कम्प्युटरले अध्यापनमा थप सहजता हुने प्रधानाध्यापक महतले उल्लेख गरिन ।

दुर्गम क्षेत्रका विद्यालयमा पठनपाठनमा सहजताका साथै प्रविधि मैत्री बनाउने उदेश्यले क्लबले थोरै भए पनि सहयोग गरेको क्लबका अध्यक्ष आवेश पौडेलले बताए ।
सोही अवसरमा गरिब तथा जेहेन्दार विद्यार्थीको शैक्षिक विकासको लागी अक्षयकोषको स्थापना समेत गरिएको छ।
क्बलका अध्यक्ष आवेश पौडेल र सदस्य अनिता पाण्डेले दस / दस हजारको अक्षयकोष स्थापना गरेका हुन् ।
कार्यक्रमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोमलाल भण्डारी, त्यस वडाका वडा सदस्य केशब बहादुर कुवर , क्बलका उपाध्यक्ष अशोक क्षेत्री लगायतको सहभागीता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता