शाइन रेसुङ्गा विकास बैंक वामीटक्सारद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न



 कार्तिक १९ गुल्मी

विष्णु प्रसाद आचार्य,चकित

शाइन रेसुङ्गा विकास बैंक वामीटक्सार शाखाले शनिबार वृक्षारोपण गरेको छ ।वामीटक्सार आसपासका रुद्रावती बहुमुखी क्याम्पस, कृष्णहरि रुद्रावति सापकोटा आँखाअस्पताल, गोल्डेन फ्युचर एकेडेमी, स्मार्ट पार्क र महेन्द्र आदर्श नमुना मा वि का परिसर तथा प्राङ्गण वरिपरि वृक्षारोपण गरेको बैंकका शाखा प्रबन्धक सजना शाक्यले जानकारी दिनुभयो ।

वृक्षारोपण कार्यक्रममा बिरुवा रोपिएका सस्थामा सम्बन्धित सस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति साथै सहयोग समेत उपलब्ध भएको थियो ।

बैंकको १४ औ वार्षिकोत्सवको अवसरमा शाइन रेसुङ्गा ग्रो ग्रीन प्रोजेक्ट अन्तर्गत देशभरका ८४ शाखा र एक विस्तारित शाखा कार्यालयमार्फत चौध हजार विरुवा रोप्ने कार्यक्रम मार्फत वामीटक्सार शाखाले शनिबार २०० विरुवा रोपेको बैंकका रिलेशनसिप म्यानेजर सुर्य खनालले बताउनुभयो ।

अभियान अन्तरगत धुपी, कल्की, पारीजात, अ्मला, अ्म्बा लगायतका विरुवा रोपेको बताइएको छ ।

पछिल्लो समय अत्यधिक वनफडानीको समस्या बढेकोले आम नागरिकलाइ वृक्षारोपण गर्नुपर्ने कारण र महत्व बुझाउनको लागि पनि उक्त कार्यक्रम मार्फत सन्देश प्रवाह गरिएको बताइएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता