इस्मा गाउँपालिकाका महिलाहरुलाई व्यवसायी सचेतना सम्बन्धि ८ दिने तालिम प्रदान



फागुन -२५ गुल्मी ।

जिल्लाको इस्मा गाउँपालिका वडा नम्वर दुईका महिलाहरूलाई व्यवसायी सचेतना सम्बन्धि आठ दिने तालिम प्रदान गरिएको छ ।
गाउँपालिकाको आयोजनामा स्थानीय स्रोत साधनको सदुपयोग गरौं सिप सिकौं आम्दानीमा वृद्धि गरौं भन्ने उदेश्यका साथ गरिबी निवारणको लागी लघु उद्यम विकास कार्यक्रम(मेडपा) अन्तर्गत ३२ जना महिलाहरुलाई तालिम प्रदान गरिएको हो ।
आठ दिन सम्म चलेको तालिममा आफ्नो व्यवसायमा हुनु पर्ने सचेतना,कस्तो खालको तालिम लिने,तालिम लिए पछि कसरी कस्तो ठाउँमा व्यवसाय गर्ने , साथै लैङ्गकि समानता तथा सामाजिक समावेशकरणी सम्बन्धि तालिम प्रदान गरिएको प्रशिक्षक बिनिता बुढाथोकीले जानकारी दिइन ।
बुधबार समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लक्ष्मण विष्टले तालिम लिने सिप सिक्ने तर प्रयोग नगरेको अवस्था देखीएको गुनासो गरेका छन् ।
नागरिकको जिवन स्तर वृद्धि गर्न गाउँपालिका सदैव तयार भएको बताउदै दक्ष जनशक्ति नबन्दा सम्म तालिम दिने आश्वासन समेत विष्टले दिए ।
त्यस्तै वडा नम्बर दुईका वडा अध्यक्ष टीका रेश्मीले आफुले चाहेको सिप ध्यान दिएर सिक्न आग्रह गरेका छन । सिकेको सिपलाई व्यवहारमा लागु गर्दै उद्यमी बन्नु पर्ने उनले धारणा राखेका थिए ।
आठ दिनको तालिम पछि इस्मा गाउँपालिका वडा नम्वर दुईका ५ जना महिलाले अगरबत्ती,१६ जनाले डलकुसन,५ जनाले ब्युटी पार्लर ,६ जनाले मुढा र एकजनाले ग्यारेज सम्बन्धि सिप सिक्ने बताईएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता