रेसुङ्गा बहुमुखी क्याम्पसको ३७ औं वार्षिकोत्सबको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न



सन्तोष महतारा ०४ फागुन , गुल्मी

गुल्मीको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसले आफ्नो ३७ औं वार्षिकोत्सब को अवसरमा विभिन्न अतिरिक्त क्रियाकलाप सम्पन्न गरेको छ ।

क्याम्पसका अनुसार शनिबारसम्म छात्र छात्रा दुबै तर्फको भलिबल र फुटबल सम्पन्न भएको छ । साथै हाजिरीजवाफ प्रतियोगिता पनि सम्पन्न भएको क्याम्पसले जनाएको छ ।

क्याम्पसका अतिरिक्त विभाग अध्यक्ष नारायण भुषालका अनुसार भलिबल खेलमा छात्र तर्फ बि।एड चौथो र दोस्रो बर्षको संयुक्त समूह प्रथम र बि।एड प्रथम बर्ष द्वितिय भएका छन् ।

भलिबल मै छात्रा तर्फ बि.एड प्रथम बर्ष प्रथम र बि।बि एस् दोस्रो बर्ष द्वितिय भएको छ ।

फुटबल खेलमा छात्र तर्फ बि.एड चौथो बर्ष प्रथम भएको छ भने बि.एड प्रथम बर्ष द्वितिय भएको छ ।

फुटबल मै छात्रा तर्फ बि.बि.एस् दोस्रो बर्ष प्रथम र कक्षा १२ को समूह द्वितिय भएको छ ।

साथै हाजिरीजवाफ प्रतियोगितामा बि।एड चौथो बर्षको निर्मला बस्नेतको समूह प्रथम भएको छ । भने कक्षा १२ को लक्ष्मी पोखरेलको समूह द्वितिय भएको छ ।

वार्षिकोत्सबको अवसरमा विभिन्न अतिरिक्त क्रियाकलापहरु संचालन भएका थिए । ब्याडमिन्टन खेलमा एकल छात्र तर्फ सरगम थापा र तस्लिन वली द्वितिय भएका छन् । एकल नै छात्रा तर्फ गोमा गौतम प्रथा र निर्मला बस्नेत द्वितिय भएका छन् ।

ब्याडमिन्टन युगल छात्रा तर्फ नबिना पछाई र कविता सोमै प्रथम साथै सन्ध्या घर्ती र पुणादी थापा द्वितिय भएका छन् ।

साथै क्याम्पसले आफ्नो ३७ औं वार्षिकोत्सबको अवसरमा थुप्रै अतिरिक्त क्रियाकलाप सम्पन्न गरेको छ ।

आउँदो सोमबार क्याम्पसमा शिक्षक , विद्यार्थी , अभिभावक , क्याम्पस संचालन समिति तथा क्याम्पस सरोकारवालाहरुको उपस्थितिमा भब्यताका साथ मनाइँदै छ । सोमबार विहान ८ बजे विद्या कि देवी सरस्वतीको पूजाआजा सँगै कार्यक्रम सुरु हुने छ । रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुषालको प्रमुख आतिथ्यतामा हुने कार्यक्रम बिहान ११ बजेदेखी सुरु हुने क्याम्पसले बताएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता