व्यवसायी सिप सिकेका अर्जै र छापका स्थानीयलाई प्रविधि हस्तान्तरण



फागुन -२७ गुल्मी ।

व्यवसायी सिप सिकेका मालिका गाउँपालिका ६ अर्जै र ५ छापका स्थानीयलाई प्रविधि प्रदान गरिएको छ । गरिबी निवारणको लागी लघु उद्यम परियोजना (मेडापा) अन्तर्गत सिप सिकेका समुह तथा व्याक्तीलाई प्रविधि प्रदान गरिएको हो ।
वडा नम्बर ६ अर्जैमा ४ वटा ब्युटी सियन कुर्सी,दुई वटा हाते ट्याक्टर ,विषादी छर्कने जग र १२ वटा टलेन प्रदान गरिएको छ । त्यस्तै वडा नम्बर पाँच छापाहिलेमा तीन वटा ब्युटी सियन कुर्सी,तीन वटा सिलाई मेशिन,दुई वटा हाते ट्याक्टर र २८ वटा टलेन वितरण गरिएको छ ।
सिप सिकौं व्यवसायी रुपमा अघि बढौ भन्ने उदेश्यका साथ अर्जै र छापहिले ६ वटा समुह सहित गरी एक सय भन्दा धेरैलाई एक महिने ब्युटी सियन तालिम र एक हप्ते कृषि सम्बन्धि तालिम प्रदान गरिएको थियो ।

शुक्रबार अर्जैमा भएको सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै अर्जैका वडा सचीव भुमिश्वर गौतमले आत्मनिर्भर बन्ने उदेश्यले सञ्चालन गरेका सिप सिकेर त्यसको प्रयोग गरी आत्मनिर्भर बन्न आग्रह गरे ।
त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले सिकेको सिप भरपुर रुपमा प्रयोग गर्नु पर्ने बताए । उनले भने ” यि साधान गरि खाने हुन, कुनै घरको कुनामा माकुराले जालो लगाउने गरि राख्न हुन्न “। साथै गाउँपालिकाले सक्दो सक्दो सहयोग गर्ने उल्लेख गरे ।
त्यस्तै यता वडा अध्यक्ष शोभाखर गिरीले सिकेको सिपलाई व्यवासायिक गरी रुपान्तरण हुनु पर्ने बताए ।उनले भने ” राज्यले लगानी गरे पछि प्रतिफल खोज्छ प्रतिफल भनेको तपाईं व्यवासिक हुनु हो “।

त्यस्तै कार्यक्रमको बारेमा फोकल पर्सन बाबुराम पोख्रेलले प्रकाश पार्दै कार्यक्रमको सर्त तथा सुविधा बारेमा जानकारी दिए । गाउँपालिकाको ६० प्रतिशत र स्थानीयको ४० प्रतिशत गरी झन्डै चार लाख बराबरका प्रविधि प्रदान गरिएको हो ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता