तीन महिने रुपान्तरण अभियान :गुल्मी दरबारमा आवश्यक तयारी पूरा



भदौ ११ गुल्मी ।

नेकपा माओवादी केन्द्रले सुरु गरेको “घर घरमा माओवादी ,जन जनमा माओवादी ´´ अभियानको तयारी गुल्मीमा तिव्रताका साथ अगाडि बढाईएको छ ।
यसै बिच आइतबार गुल्मी दरबार गाउँपालिकाको पुर्ण बैठक  सम्पन्न भएको छ ।

जनता संग माओवादी पार्टी जोड्ने विशेष अभियानका साथ पार्टी रुपान्तरणको लागि चलाईएको यो तीन महिने अभियानले सकारात्मक प्रभाव पार्दै माओवादीको महत्त्व र माओवादीले बोकेका एजेन्डा जनता माझ राख्न पाउने सुनौलो अवसर प्रदान गरेको छ ।
बैठकका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य भविष्य तिवारीले माओवादी ल्याएको परिवर्तन सबै जनता माझ बुझाउनु पर्ने र माओवादी नेता कार्यकर्ता सदैव सकारात्मक बाटोमा हिड्नु पर्ने बताए ।
प्रचण्ड नेतृत्वको सरकारले गरेका राम्रा कामको प्रचार गर्दै माओवादीहरु एकताबद्व भएर संगठन विस्तार तर्फ केन्द्रित हुनु पर्ने केन्द्रीय सदस्य तिवारीले उल्लेख गरे ।
त्यस्तै बैठकका विशेष अतिथी तथा जिल्ला संयोजक युवराज केसीले तीन महिने अभियानले गुल्मीमा पार्टी रुपान्तरण तथा संगठन विस्तारमा विशेष भुमिका राख्ने बताए ।
गुल्मीमा माओवादी केन्द्रले थप विशेष नयाँ र नौला काम गर्दै जनताको मन – मनमा बस्नु पर्ने धारणा ब्यक्त गर्दै तीन महिने अभियानलाई सफल पार्न संयोजक केसीले सबै नेता तथा कार्यकर्तालाई आग्रह समेत गरे ।
बैठकमा नेकपा माओवादी केन्द्रका नेता मनिराम ज्ञवाली ,गिता थापा,शेर बहादुर सर्तुङ्गी,यम बहादुर पाण्डे ,कमल कडेल लगायतले प्रशिक्षण मुलक मनतब्य राखेका थिए ।
गुल्मी दरबार गाउँपालिकामा सोमबार देखि वडा स्तरीय बैठक सुरु हुँदै छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता