मेयर महर्जनद्वारा मितेरी गाउँमा मन्दिर उद्घाटन

जेठ २ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिका ४ अर्खबाङ पिस पार्कमा निर्माण सम्पन्न भएको मालिका भगवती मन्दिरको उद्वघाट्न गरिएको छ । मन्दिरको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले
एक समारोहका बीच उद्वघाटन गर्नु भएको छ । दुई पालिका बीच भगेनी सम्बन्ध स्थापन भएपछी ललितपुर महानगरपालिकाले दुई आर्थिक वर्षमा ७० लाख रुपैयाँ सहयोग प्रदान गरेको थियो ।
। त्यस्तै मालिका गाउँपालिका र स्थानीयको जन श्रमदान गरि १० लाख रुपैयाँ गरि कुल ८० लाखमा ऐतिहासिक मालिका भगवती मन्दिरको निर्माण गरिएको हो ।
मन्दिरको पुनर्निर्माणमा काठ र ढुङ्गाबाट कलात्मक प्यागोडा शैलीमा तीनतले संरचना निर्माण गरिएको छ। भक्तपुरको परम्परागत शैलीमा तयार पारिएका झ्याल र ढोकाहरु विशेष आकर्षणको केन्द्र बनेका छन्।
कार्यक्रममा मालिका गाउँपालिकाका मौलिक विशेषता झल्कने नाच ,भजन,पञ्चेबाजा प्रस्तुत गरिएको थियो ।
उद्घाटन समारोहमा मेयर महर्जनले यस मन्दिरलाई ललितपुर महानगरपालिकाले आगामी वर्षहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि समानान्तर ध्यान दिने र असल अभ्यासलाई अनुशरण गर्ने कुरा उल्लेख गर्दै सानो रकम बाट पनि उत्कृष्ट कार्य सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभयो।
यस मन्दिर निर्माणले सांस्कृतिक धरोहरलाई संरक्षण गर्दै धार्मिक पर्यटनको प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास पालिकाको रहेको गाउँपालिका अध्यक्ष देवीराम अर्यालको भनाई रहेको छ ।
त्यस्तै पालिका उपाध्यक्ष उपेन्द्र अर्यालले ललितपुरले सहयोग गर्ने सबै भौतिक योजनाहरु पिसपार्कमै निर्माण गरेर पिस पार्कलाई मालिकाको मात्रै नभई सिङ्गो गुल्मीको पर्यटकीय र धार्मिक स्थल बनाउने बताउनु भयो । सालझण्डी ढोरपाटन सबै सडक खण्ड कालोपत्रे हुन साथ पिसपार्क पर्यटकको लागि केन्द्र बन्ने उहाँको दावी छ ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।