मालिकाको विकास खर्च ४४.८२ प्रतिशत :यस्तो छ नौ महिनाको प्रगति विवरण



चैत २१ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिकाले चालू आवको चैत दोस्रो सात सम्म  ४४.८२ प्रतिशत विकास खर्च गरेको छ ।
कुल विनियोजित बजेट ५४ करोड ,७३ लाख २८ हजार २९२ रकम मध्ये २४ करोड ५३ लाख ४३ हजार ८५६ रुपैयाँ खर्च भएको आर्थिक प्रशासन शाखाका प्रमुख रामकुमार केसीले जानकारी दिए । जहाँ कुल चालू तर्फ ३६,६६,६९,४९६ रुपैयाँ मध्ये
१६,७२,४७,२४२ रुपैयाँ खर्च भएको छ जुन  ४५.६१ प्रतिशत हो । त्यस्तै पुजिगत तर्फ विनियोजित  १८,०६,५८,७९६ रुपैयाँ बाट
७,८०,९६,६१४  रुपैयाँ खर्च भएको छ जुन ४३.२२ प्रतिशत हो ।

क्षेत्रगत तर्फ आर्थिक विकासमा २ करोड ८७ लाख,४५ हजार ७ सय ५० रुपैयाँ बजेट गाउँपालिकाले विनियोजन गरेको थियो त्यस  मध्ये ६४ लाख ९८ हजार ६ सय ८५ रुपैयाँ खर्च भएको छ । जुन २२ प्रतिशत हो ।
त्यस्तै सामाजिक विकास तर्फ २९ करोड ०८ लाख ७३ हजार मध्ये १२ करोड ,६७ लाख ९४ हजार ३ सय ०७ रुपैयाँ खर्च भएको छ । जुन प्रतिशतले ४३.५९ हो ।
पुर्वधार तर्फ  १२ करोड २५ लाख १० हजार ७ सय ८१ बजेट मध्ये ६ करोड ६९ लाख ८० हजार ०७४ रुपैयाँ खर्च भएको आर्थिक प्रशासन शाखाका प्रमुख केसीले बताए । जुन ५४.६७ प्रतिशत हो ।
वन वातावरण तथा विपद व्यवस्थापनमा २५ करोड ५५ लाख बजेट मध्ये १०,करोड ५५ लाख रकम खर्च भएको छ । जुन  प्रतिशतले  ४१.२९ हुन आउँछ ।
त्यस्तै सुशासन तथा अन्तर सम्बन्ध क्षेत्रमा विनियोजन गरेको ९१ करोड ९९ लाख मध्ये  २५ करोड एक लाख १ सय ५५ रुपैयाँ खर्च भएको छ । जुन प्रतिशतले २७.४२ हो ।

वडा तर्फ सबैभन्दा धेरै वित्तीय प्रगति वडा नम्बर २ दर्लिङले गरेको छ । उसले  ४६ प्रतिशत बजेट रकम खर्च गर्दा सबै भन्दा कम वडा नम्बर एक नेटाले ५.६४ प्रतिशत बजेट खर्च गरेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता