प्युठानमा जिप दुर्घटना :एक जनाको मृत्यु दस घाइते !



माघ -२३ गुल्मी ।

प्युठानमा स्कार्पीयो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

भालुबाङबाट रोल्पा जादै गरेको रा १ ज ८०९ नम्बरको स्कार्पीयो जिप सरूमारानी गाउँपालिका–६ मोतिपुरस्थित सडकमा अनियन्त्रित भई सडकदेखि करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी अर्घाखाँचीको सितगंगा नगरपालिका–८ सातमाराका ४२ वर्षीय टंकबहादुर बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला पहरी कार्यालय प्युठानका प्रहरी प्रमुख सुनील मल्लले बताए ।

त्यस्तै दुर्घटनामा परी घाइते भएका १० जनालाई जिल्ला अस्पताल बिजुवार पठाइएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता