मुसिकोट ३ मा तिन जना वडाध्यक्ष बिच रोचक प्रतिस्पर्धा !



सूर्य सुनार, बैशाख २१ गुल्मी ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ३ मा नेकपा एमालेको तर्फबाट वडाअध्यक्षको उम्मेदवार शंकर रायमाझीले बनेका छन् । त्यस्तै पाँच दलिय गठबन्धनको उम्मेदवारबाट वडाध्यक्षको उम्मेदवार दुर्गा बहादुर खड्काले बनेका छन् । भने स्वतन्त्र उम्मेदवारमा नेपाली काँग्रेसमा झन्डै १२ वर्ष राजनिति गरेका ज्ञान बहादुर जि.सीले वडाध्यक्ष उम्मेदवार बनेका हुन् । मुसिकोट नगरपालिका वडा नम्बर ३ मा नेकपा एमाले, पाँच दलिय गठबन्धन र स्वतन्त्र उम्मेदवार गरी ३ जना वडाध्यक्ष पदको लागि चुनावी मैदानमा आएका छन् ।

नेकपा एमाले बाट वडाध्यक्ष उम्मेदवार बनेका शंकर रायमाझी भारतिय सैनीक पदबाट अवकाश भइसकेपछि सबै समय सामाजिक क्षेत्रमा आफ्नो समय खर्चिएका छन् । शंकर रायमाझी ३० वर्ष सम्म भारतिय सैनीक पदमा काम गरेर अवकाश भई २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा सदस्य पदमा निर्वाचित भएका थिए । रायमाझी वडा सदस्य पदमा निर्वाचित नहुनुभन्दा पहिले वडा नम्बर ३ र ४ मा भारतिय भूपुसैनिकको प्वालमा २ वटा एम्बुलेन्स लिन सफल हुनुभएको थियो । उहाँ वडा सदस्य पदमा हुँदा पनि पदले होइन कामले जनता संग चिनिहु पर्छ भन्ने उदेश्य राखेर काम गरेको बताउनुहुन्छ । वडाध्यक्ष पदमा आफ्नो नेतृत्वको टिम विजय हुने उहाँले बताउनुभयो । नेकपा एमाले एक्लै चुनावी मैदानमा जाँदा पनि नेपाली कांगे्रश एक्लै लड्ने आट् गर्न नसक्ने भएको हुँदा गठबन्धन गरेको बताउनुभयो । सिद्धान्त र विचार नमिल्ने गठबन्धनले कुनै पनि हालतमा विकास गर्न नसक्ने हुँदा नेकपा एमालेको नै विजय हुन आवश्यक रहेको उल्लेख गरे ।

मुसिकोट नगरपालिका वडा नम्बर ३ मा पाँच दलिय गठबन्धनको तर्फबाट वडाध्यक्ष उम्मेदवार बनेका नेकपा माओवादी केन्द्र वडा कमिटि अध्यक्ष दुर्गा बहादुर खड्काले २०५० साल बाट आफूले राजनितिक यात्रा सुरु गरेको बताउनुहुन्छ । आफू पार्टीको टोल कमिटी हुँदै अहिले नगर कमिटि सदस्य देखी वडा कमिटीको अध्यक्ष हुनुभयो । २०७४ सालको स्थानीय तहको निर्वाचतमा उहाँ माओवादी केन्द्रबाट वडा सदस्यको उम्मेदवारमा पराजय हुनुभएको थियो । त्यस पछि उहाँ सामाजिक क्षेत्रमा क्रियाशिल भई निरन्तर काम गरिरहेको र जनताको सुख दुख मा सदैब साथमा रहेको बताउनुहुन्छ । पाँच दलिय गठबन्धन बाट वडाध्यक्ष पदमा आफ्नो विजय हुने दाबी गर्नुहुन्छ ।

त्यस्तै नेपाली काँग्रेसमा लामो समय सम्म राजनितिक गर्नुभएका ज्ञान बहादुर जि.सीले पनि वडाध्यक्षको उम्मेदवार दिएका छन् । आफूले लामो समय सम्म नेपाली कांगे्रश पार्टीमा रहेर काम गरे पनि पार्टीले वेवास्था गरेको कारणले गर्दा स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो । नेपाली काँग्रेसले पाँच दलिय गठबन्धन गरेको कारणले गर्दा पनि पार्टी भित्र विद्रोह सुरु भएको उनको भनाइ छ । लामो सयम सम्म समाज सेवा गरेको कारणले गर्दा र जनताको दुख के हो भन्ने थाहा भएको हुँदा वडाध्यक्ष पदमा उम्मेदवारी दिइएको उनको भनाइ छ । उनलाई तपाई लामो समय सम्म कांगे्रशमा रहेर राजनितिक गरेको कारणले गर्दा काँग्रेस भित्र बाट तपाईको पक्षमा मत आउन्छ भनेर सोध्दा , उनले भने पार्टीलाई भन्दा पनि जनताले व्यक्ति हेर्ने भएको हुँदा आफ्नो पक्षमा मत कांगे्रस भित्रबाट पनि आउने बताउनुभयो ।

तीन जना उम्मेदवारका एउटै योजना

शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगार लाई मुख्य प्राथामिकतामा राखिएको बताउन्छन् । सबैका लागि पहुँच र गुणस्तरीय स्वास्थ्य सेवा, गुणस्तरीय खानेपानी आफना प्रमुख संकल्पहरु रहेको बताए । सफा, सुन्दर र व्यवस्थित शहर, सडक, यातायात तथा सुरक्षित आवास जस्ता क्षेत्रहरुमा आफना निर्वाचनका प्रतिबद्धताहरु रहेको उम्मेवदारहरुको भनाइ छ । खेल मैदान, समृद्धिका लागि उद्यमशीलता र रोजगार, जस्ता क्षेत्रमा काम गर्ने प्रतिवद्धता रहेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता