मुसिकोट १ का जनताले यो पटक मत परिवर्तन गर्छन : उम्मेदवार विक
मङ्सिर १३ गुल्मी ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार दुर्गा विकले मुसिकोट १ का जनताले यो उप निर्वाचनमा मत परिवर्तन गर्ने बताएका छन् ।
घरदैलो अभियानमा रहेका विकले अन्य दलका उम्मेदवारलाई पटक पटक सत्तामा पुराउदा पनि मुसिकोट १ को विकास निर्माणमा चुकेको हुँदा यस पटक आफुलाई जनताले निर्वाचित गराउने दावी गरे ।
उनले भने “ यो स्थानीय निर्वाचन हो जनताले पार्टी भन्दा नि ब्याक्ती हेरेर मतदान गर्नुहुन्छ , महिले मुसिकोट १ मा गरेका विकास निर्माणका काम र मेरो इमानदारीता मुसिकोट १ का जनतालाई प्रष्ट संग थाहा छ ´´ ।
त्यसो त दुर्गा विक मुसिकोट १ का जनता बीच लोकपि्रय रहेको कुरा १३ वर्ष अघिनै पुष्टि भैइसको छ ।
२०६८ सालमा स्थानीय सरस्वती माविमा काङ्ग्रेस एमालेलाई पाखा लगाउदै निर्वाचन बाटै विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित भएका थिए ।
दुर्गा विक राम्रो उम्मेदवार भएकै कारण नेकपा एकीकृत समाजवादीले समर्थन गरेको जिल्ला अध्यक्ष श्रीराम महतले बताए । उनले भने “ आठ जनाले उम्मेदवारी दर्ता गराएपनी पाँच जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ती पाँच जना मध्ये सबै भन्दा योग्य उम्मेदवार दुर्गा विक हुनुहुन्छ ´´ ।
गुल्मीको सिङ्गो नेकपा माओवादी केन्द्र चुनावमा केन्द्रित रहेको छ ।
पार्टी इन्चार्ज सिर्जना तरामु,सचिब अशोक थापा ,प्रदेश कमिटी सदस्य खुम थापा सहितको टोली चुनावमा खटिएको छ ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।