मुसिकोट नगरपालिकाले किशोरीहरुलाई आईरन चक्की खुवाउने ।



 

सागर भण्डारी,गुल्मी । मुसिकोट नगरपालिकाले किशोरीहरुको स्वास्थ्यमा ध्यान दिँदै पोषणको दिगो विकास लक्ष्य हासिल गर्न किशोरीहरुलाई आईरन चक्की खुवाउने भएको छ ।

प्रजनन उमेरका किशोरीहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर रक्तअल्पता सहित अन्य विभिन्न रोगबाट बच्न उही माघ ११ गतेदेखि नगरपालिका भित्र रहेका सम्पूणर् किशोरीहरुलाई आईरन चक्की सगैं जुकाको औषधि खुवाउन लागिएको नगरपालिको जनाएको छ ।

१० देखि १९ वर्ष उमेर समुहका किशोरीहरुलाई आईरन चक्की खुवाउन शुक्रवार नगरपालिका अन्तर्गत रहेका विद्यालयका प्रधानाध्यापक र स्वास्थ्य चौकीका प्रमुखहरुलाई अभिमुखीकरण गरिएको छ ।

विद्यालय स्वास्थ्य तथा पोषण र किशोरीहरुलाई आईरन चक्की वितरण कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययन गर्ने किशोरीहरुलाई विद्यालयबाट र विद्यालय भन्दा बाहिर रहेका किशोरीहरुलाई महिला स्वास्थ्य स्वयं सेविका र स्वास्थ्यकर्मीहरुको निगरानीमा आईरन चक्की खुवाउन लागिएको नगरपालिकाका स्वास्थ्य सयोंजक डिबी जिसीले जानकारी दिनुभयो ।

केन्द्रीय सरकारको आर्थिक सहयोग र मुसिकोट नगरपालिकाको समन्वयमा आइरन चक्की खुवाउने नगरपालिकाले जनाएको छ । किशोरीहरु १० देखी १९ वर्ष भित्र रजस्वला हुने र त्यस बखत बढी रगत बग्ने हुँदा रक्तअल्पता नहोस भनेर आइरन चक्की खुवाउन लागिएको अभिमुखीकरणमा जानकारी गराईएको थियो ।

कार्यक्रमको सहजीकरण गर्दै सुआहाराका पोषण तथा स्वास्थ्य अधिकृत दिपेन्द्र पन्तले पहिलो १३ हप्तामा १३ दिन १/१ वटा क्याप्सुल खुवाईने र फेरी १३ हप्ता ग्याप गरी सोही मात्रामा क्याप्सुल खुवाईने जानकारी दिनुभयो । यस कार्यक्रमले बाल मृत्युदर र नवजात शिशु मृत्युदर कम गर्न समेत महत्वपूणर् भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रमलाई प्रभावकारी बनाउनस्वास्थ्य चौकीका प्रमुख र माध्यमिक तथा निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक एवम् शिक्षक प्रतिनिधिलाई प्रशिक्षण दिईएको हो ।

आईरनको कमीले हुने रोगबाट बच्न यो कार्यक्रम अत्यन्तै प्रभावकारी रहेकाले तदारुकताका साथ सबै विद्यार्थीहरुलाई नछुटाई आईरन चक्की खुवाउने महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक देविराम शर्माले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नगरप्रमुख सोमनाथ सापकोटाले तथ्य र तथ्याङ्कलाई हेर्दा नेपालमा स्वास्थ्यको अवस्था चिन्ताजनक रहेकाले स्वास्थ्य क्षेत्रको सुधारका लागि यो कार्यक्रम फलदायी रहेकाले सम्पूणर् विद्यालय र स्वास्थ्यकर्मीहरुलाई निकै गम्भीर बनेर कार्यक्रम सफल बनाउन आग्रह गर्नुभयो ।

त्यस्तै नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषालले स्वास्थ्य क्षेत्रमा राज्यको लगानी ठुलो रहेकाले धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । त्यस्तै उहाँले यस कार्यक्रमले सरकारले राखेको सन् २०३० सम्मको दिगो विकास लक्ष्य प्राप्तिकालागि यस कार्यक्रमले ठुलो सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो ।

मुसिकोट नगरपालिकाको सहयोग र सुआहाराको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा नगरप्रमुख सोमनाथ सापकोटाको प्रमुख आतिथ्यता, प्रशाशकीय अधिकृत खिमानन्द भुषालको अध्यक्षता रहेको थियो । त्यस्तै कार्यक्रम मुसिकोट नगरपालिका उपप्रमुख कमला शर्माको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा रुद्रावती बहुमुखी क्याम्पसका प्रमुख रामु तिवारी, महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा मुसिकोट नगरपालिकाका पूर्व शिक्षाशाखा प्रमुख देविराम शर्मा, रेडियो पुष्पाञ्जलीका समाचार प्रमुख सागर भण्डारी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिबी जिसीले गर्नुभएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता