मुसिकोटमा असौज मसान्तसम्म केन्द्रीय प्रशारण लाइनको विधुत बोल्ने



सागर भण्डारी, असोज १३ गुल्मी ।

मुसिकोट नगरपालिकामा असौज मसान्तसम्म केन्द्रीय विद्युतीकरण पुग्ने भएको छ ।

सामुदायिक रेडियो स्काई र पुष्पाञ्जलीबाट प्रशारण हुने कार्यक्रम साझा बहसमा बोल्दै नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख नारायण अर्यालले यस्तो बताउनुभएको हो । अहिले उक्त स्थानमा काम हुँदै गरेको र असौज मसान्तसम्म विद्युतको पहुँच विस्तार हुने उहाँले बताउनुभयो ।

उहाँले मुसिकोटको केन्द्र वामीटक्सार बजारमा असौज मसान्त भित्र र अन्य स्थान अर्लाङ्कोट पौँदीअमराई लगायतका क्षेत्रमा त्यसको केही समय विधुत सेवा पुग्ने जानकारी दिनुभयो । अन्य केही स्थानमा पनि केन्द्रीय विद्युतको पहुँच पुगे पश्चात गुल्मीमा झण्डै ९२ प्रतिशतमा केन्द्रीय विद्युत सेवाको पहुँच पुग्ने उहाँको भनाई छ ।

फरक प्रसगंमा प्रमुख अर्यालले पछिल्लो समय विद्युतमा समस्या देखिनुमा केन्द्रीय नेतृत्वको कुनै प्रभाव नरहेको स्पष्टोक्ति पार्नुभयो । केन्द्र नेतृत्व फेरिएको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भएको भन्दै उहाँले यसमा प्राविधिक समस्याहरु देखिएको र त्यसको समाधानका लागि प्राधिकरण लागि परेकाले केही समय भित्रै सुधार हुने जानकारी दिनुभयो । मौसमका कारण पनि काम गर्न केही कठिनाई भएपनि प्राधिकरणले काम गरिरहेको उहाँले बताउनुभयो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता