गुल्मीकी सम्झान केसीको हत्यारा प्रहरी द्धारा सार्वजनिक !



फागुन- २० ,गुल्मी ।

गुल्मीको रेसुंगा नगरपालिका तीन भाडागाउँकी २१ वर्षीया सम्झान बोहोरा केसीको हत्यारालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले सार्वजनिक गरेको छ ।

गत माघ ३० गते राती देखी बेपत्ता भएकी केसीको शव फागुन १७ गते आफ्नै घर नजिककै क्षेतबीक्षेत अवस्थामा प्लाष्टीक भित्र फेला परेको थियो ।
अनुसन्धानको क्रममा उनका नाताले ससुरा पर्ने ४७ वर्षीय लाल बहादुर खत्रीले हत्या गरेको पृष्टी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
जिल्ला अदालत गुल्मीबाट सात दिनको म्याद थपी घटनाबारे थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषत्तम पाण्डे बताए ।

सम्झना बेपत्ता भएको दुई दिनपछि फागुन २ गते उनकी सासू तोमकली खत्री घर नजिकै खनियाको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता