मालिका गाउँपालिकामा नि ःशुल्क आँखा परिक्षण ,दोस्रो दिन १३५ जनाले लिए सेवा



फागुन ३ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिकामा नि ःशुल्क आँखा शिविर संचालन भैइरहेको छ । सोमवार दोस्रो दिन गाउँपालिकाको वडा नम्वर पाँच स्थित जमलपोखरा माध्यमिक विद्यालयमा नि ःशुल्क आँखा परिक्षण गरिएको हो । सोमबार त्यस क्षेत्रका एक सय ३५ जना नागरीकले सेवा लिएका छन् । भने ७० वर्ष भन्दा माथीका ३० जना वृद्धावृद्ध नि ःशूल्क चस्मा वितरण गरिएको छ । साथै २२ जनामा मोतियाविन्दु देखिएको गाउँपािलकाका स्वास्थ्य शाखाका संयोजक बसन्त भुसालले जानकारी दिए ।

फागुन २ गते आईतवार देखि सुरु भएको नि: शुल्क आँखा शिविर भोलीअर्थात फागुन ४ गते सम्म चल्ने छ । आईतबार वडा नम्बर २ दर्लिङ्गमा रहेको च्यानडाँडा सामुदायिक स्वास्थ्य इकाईमा नि :शुल्क आँखा परिक्षण गरिएको थियो ।

८८ जनाले आँखाको परिक्षण गराएका थिए ।जसमा ६ जनालाई मोतियाविन्दुको समस्या देखिएको छ । २५ जनालाई चस्मा बितरण गरिएको मालिका गाउँपालिकाले जनाएको छ । त्यस्तै भोली गाउँपालिकाकाको वडा नम्वर -६ अर्जेको कुमाल टोलमा नि :शुल्क आँखा शिविर सञ्चालन हुनेछ ।

मोतियाविन्दु देखिएकाहरूलाई यही फागुन १० गते सिमलटारीमा नि:शुल्क आँखाको शल्यक्रिया गरिने स्वास्थ्य शाखा प्रमुख भुषालले जानकारी दिए ।

नि ःशुल्क आँखा शिविर मालिका गाउँपालिकाको आयोजना तथा नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार केन्द्र तम्घास गुल्मीको प्राविधिक सहयोगमा संचालन भइरहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता