मालिका गाउँपालिकामा अपाङ्गता परिचयपत्र वितरण सुरु
माघ -११ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिकाले मंगलबार देखी अपाङ्गता परिचय पत्र वितरण सुरु गरेको छ ।
मंगलबार गाउँपालिकाको वडा नम्बर दुई दर्लिङ बाट परिचयपत्र वितरण सुरु गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्तराज भुसालले जानकारी दिए । वडा नम्बर एक नेटा,वडा नम्बर दुई दर्लिङ र वडा नम्बर तीन ह्वाङ्दीलाई लक्षित गरी नेटा दर्लिङमा परिचयपत्र वितरण गरिएको हो ।
क वर्गका पाँच , ख वर्गका नौ र ग वर्गका एक गरी १५ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको गाउँपालिकाका महिला ,बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका कर्मचारी चन्द्र श्रीसले जानकारी दिए ।
अपांगता भएका व्याक्तीहरुलाई उनिहरुको वर्ग अनुसार राज्यले सेवा सुविधा प्रदान गर्ने र उनिहरुको सहजताका लागी टोल- टोलमा पुगेर परिचय पत्र वितरण सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताए ।
त्यस्तै बुधबार गाउँपालिकाको केन्द्र अर्खबाङ र बिहिवार वडा नम्बर सात घमिरमा अपाङ्गता परिचयपत्र वितरण गरिने गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।