मालिका उत्पादनमा आधारित अनुदान वितरण सुरु, अर्जे र अर्खबाङमा बाडियो झण्डै १४ लाख



असोज -२० गुल्मी ।

मालिका गाउँपालिकाले सुरु गरेको उत्पादनमा आधारित अनुदान अर्थात किसानलाई नगद पुरस्कार वितरण कार्यक्रम आज देखी सुरु गरिएको छ ।
बुधबार गाउँपालिकाको वडा नम्वर ४ अर्खबाङमा ५ जना किसानले एक लाख २० हजार चार सय , वडा नम्वर ६ अर्जै र ५ छापहिलेका ८७ जना किसानले १२ लाख ४७ हजार उत्पादनमा आधारित अनुदान प्राप्त गरेको प्रवक्ता शोभाखर गिरीले बताए ।
किसानको सहजताको लागी वडा नम्वर ६ अर्जेको पोखराबारी र गाउँपालिकाको केन्द्र अर्खबाङमा अनुदान वितरण गरिएको हो ।
अनुदान वितरण कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष रीत बहादुर थापाले व्यवसायिक कृषीले मात्रै गाउँपालिका कृषीमा समृद्ध हुने बताउदै सबै किसानलाई उत्पादनमा लाग्न आग्रह गरे ।

त्यस्तै प्रमुख प्रशासकिय अधिकृत दिपक भण्डारीले गाउँपालिकाले किसानको हकहितको लागी विभिन्न कार्यक्रम अगाडी बढाएको बताउदै , किसानको साथमै गाउँपालिका रहेको बताएका छन् । आर्थीक वर्ष २०७५,७६ देखी सुरु गरिएको यो कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
गएको आर्थीक वर्ष १२६ जना किसानले १६ लाख अनुदान पाएका थिए भने , यो वर्ष २०० किसानले ३० लाख रकम अनुदान पाउदै छन् ।

समाजमा सानो कामको रुपमा हेरीदै आएको कृषी पेसालाई व्यवस्थीत , किसानको आय स्तर वृद्धी र वर्षको एकदिन भएपनि किसानलाई सम्मान गर्ने उदेश्यका साथ यो कार्यक्रम अगाडी बढाइएको वडा नम्वर ६ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए । त्यस्तै विहिबार र शुक्रबार वडा नम्वर ७ घमिर र वडा नम्वर आठ मभुर्गमा वितरण गरिने छ ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता