आज दशैंको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिँदै, कोरोनाका कारण गुल्मीका कोटहरुमा चहलपहल शुन्य ।



कात्तीक २ गुल्मी ।
बडादशैंको दोस्रो दिन आज ब्रह्मचारिणी भगवतीको पूजा हुुँदैछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । ब्रह्मचारिणी अर्थात् तपको आचरण गर्ने यी देवीको उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार, संयमको वृद्धि हुन्छ भन्ने मान्यता छ ।
नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ ।
दशैंको दोस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरु र दशैंघरमा ब्रह्मचारिणी भगवतीको पूजा गरिन्छ । यस वर्ष कोरोना संक्रमणको जोखिम भएकाले शक्तिपीठहरु बन्द गरिएको छ । त्यहाँ पूजारीहरुबाट नित्य पूजा मात्र हुँदै आएको छ । गुल्मीका विभिन्न ठाउँमा रहेका कोट एवम् दसैं घरमा पनि पुजारी राखेर नियमित पुजा मात्रै गरिएको छ ।

मुसिकोट नगरपालिका वडा नं ८ मा रहेको वामीकोटमा पुजाआजा सहित घटस्थापना राखिएको छ । कोरोनाका कारण यो वर्ष केही समस्या भए पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पुजारीले मात्रै दैनिक नित्यकर्म गरीने मन्दिर व्यवस्थापन समिति अध्यक्ष एवम् वडाध्यक्ष नारायण सापकोटाले जानकारी दिनुभयो । विश्व नै कोरोनाबाट प्रभावित भएपनि पूजालाई सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर निरन्तरता दिइएको उहाँले बताउनुभयो । त्यस्तै विगतका वर्षहरुमा तामझामका साथ पुजाआजा गरिने गरेपनि यसवर्ष भने सुनसान जस्तो भएको उहाँको भनाई छ ।
त्यस्तै धुर्कोट गाउँपालिकाको धुर्कोट कोटमा पनि नियमित पुजाआजाका कार्यक्रम गरीएपनि सदाका वर्षमा जस्तो हुने सरायँनाच र अन्य भीडभाडका काम गर्न भने प्रतिबन्ध गरीएको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिनुभयो । उहाँले धुर्कोटमा विगतका वर्षहरुमा तामझामका साथ पुजाआजा गर्ने सरायँनाच गर्ने गरिएपनि यस वर्ष भने भीडभाड कम गरी मन्दिरमा हुने पुजाआजा गरीएपनि अन्य कार्यक्रमहरु भने यसवर्ष नहुने उहाँले बताउनुभयो ।
ईस्मा गाउँपालिकाको ईस्मा कोटमा नियमित पुजाआजाका लागि ३ जना ब्राह्मण र २ जना क्षेत्री पुजेरी राखिएको गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टले जानकारी दिनुभयो । उहाँले विगतका वर्षहरुमा नवरात्रीमा हुने बलि चढाउने प्रथा पूर्ण रुपमा बन्देज गरिएको र सामान्य ढगंले मन्दिरमा पुजाआजा गरिने उहाँले बताउनुभयो । अन्य विगतका वर्षहरुका कार्यक्रम भने यस वर्ष कोरोना भाईरसका कारण भीडभाड हुने भएकाले स्थगन गरिएको उहाँको भनाई छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता