गुल्मीमा कोरोना संक्रमितको संख्या शून्य !



अनिल खत्री -१३ फागुन, गुल्मी ।

गुल्मी कोरोना संक्रमणमुक्त जिल्ला भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेपछि गुल्मी संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए ।

जिल्लामा हाल होम आइसोलेसनमा बस्नेहरुको संख्या शून्य रहेको छ । गुल्मीमा ९ सय ५२ जना कोरोनामुक्त भएर घर फर्केका छन् । जिल्लामा हालसम्म ५ हजार ९६१ जनाको कोरोना परीक्षण गरिएकोमा ९६५ जनामा संक्रमण पुष्टि भएको थियो । गुल्मीमा हालसम्म कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको आचार्यले जानकारी दिए ।जिल्लामा हाल कोरोनाविरुद्धकोे खोप लगाउने दोस्रो चरणको कार्यक्रम सम्पन्न भएको छ । पहिलो र दोस्रो चरणको तथ्याङ्क अनुसार हालसम्म ४ हजार १७५ जनाले कोरोनाविरुद्धको खोप लगाएको आचार्यले बताए ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता