माओवादी केन्द्र इस्मा २ को वडा अधिवेशन सम्पन्न: मरासिनीको अध्यक्षयतामा २५ सदस्यीय कमिटी गठन
![](https://i0.wp.com/gulmiupdate.com/wp-content/uploads/2025/02/FB_IMG_1739107076895.jpg?fit=1080%2C608&ssl=1)
माघ २७ गुल्मी ।
नेकपा माओवादी केन्द्र इस्मा गाउँपालिका -२ हस्तिचौरको दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ ।
दोस्रो अधिवेशनले जयराम मरासिनिको अध्यक्षयतामा २५ सदस्यीय वडा कमिटी गठन गरेको छ । जसको उपाध्यक्ष
विरबल कुवर, सचिबमा तारा सारु मगर ,सह सचीवमा रेखा श्रेष्ठ रहदा विष्णु नेपाली कोषाध्यक्षमा निर्वाचित भएका छन् ।
निर्वाचित कमिटीलाई प्रमुख अतिथि तथा माओवादी केन्द्र गुल्मी का सचिब अशोक थापा मार्फत सपथ ग्रहण गरेका थिए । बधाई ज्ञानपन गर्दै कमिटीले नयाँ ढङ्गले काम गर्नु पर्ने नेता थापाले उल्लेख गरे ।
देशभर अहिले माओवादीले एउटा राम्रो लय समातिरहेको हुँदा इस्मा २ मा पनि त्यसैको प्रभाव परि कार्यकर्ताको राम्रो सहभागिता रहेको नेता थापाको दावी गरे ।
विशेष अतिथी माओवादी केन्द्रका नेता वसन्त सुनारले माओवादी आन्दोलन र पार्टीलाई सशक्त बनाएर लैजानु पर्ने उनले तर्क गरे ।
वडा अधिवेशनमा माओवादी पार्टीमा आस्था राख्ने नेता कार्यकर्ताको बाक्लो सहभागिता रहेको थियो ।
अधिवेशन माओवादी केन्द्रका नेता डोल बहादुर नेपालीको अध्यक्षयतामा सम्पन्न भएको थियो ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।