मदानेका अति विपन्न १२ घर परिवारलाई सोलार वितरण !



डि.बि खड्का गुल्मी ,
गुल्मीको मदाने गाउँ पालिका वडा नम्बर १ अग्लुङका १२ विपन्न घर परिवारलाई निःशुल्क सोलार वितरण गरिएको छ । मदाने गाउँ पालिकाको नीति तथा कार्यक्रम अन्र्तगत अग्लुङका अति विपन्न १२ घर पारिवारलाई २० वाटको सोलार प्रदान गरिएको वडा सदस्य नवराज मल्लले बताए । यसरी सोलार पाउने हरुमा अधिकांश दलित रहेका छन् ।  गिर बहादुर विक , सुमित्रा सुनार, मैते सार्की, मेखली सार्की,फुस्री सार्की, गोपाल सार्की, लाली परियार, धर्म विक , दुर्गा दमाई , लगायतलाई सोलार वितरण गरिएको हो   ।   कार्यक्रममा बोल्दै वडा अध्यक्ष प्रेम चंन्दले  अर्को वर्ष सम्म सबै घर उज्यालो हुने  प्रतिबद्धता  व्यक्त गरेका छन् ।
कार्यक्रममा स्थानीय समाजसेवी,राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता