गुल्मीदरबारमा सप्ताहब्यापी स्तनपान सप्ताह शुभारम्भ ।



तारा कंडेल ,गुल्मी ।

सप्ताहब्यापी स्तनपान सप्ताह शुभारम्भ गुल्मिदरबार गाउँपालिका स्वास्थ्य शाखा को आयोजना मा “आमाबुवा को सक्षमता स्तनपानको सफलता “भन्ने नाराका साथ सप्ताहब्यापी स्तनपान सप्ताह दरबार देबिस्थान स्वास्थ्य चौकी बाट शुभारम्भ गरिएको छ । आज एक औपचारिक कार्यक्रम को बिचमा गाउँपालिका अध्यक्ष अशोक  कुमार थापा ले सो कार्यक्रम को उद्घाटन गर्नुभएको हो ।

 

कार्यक्रम को उद्घाटन गर्दै गुल्मिदरबार गाउपालिका ले महिला र बालबालिका हरुलाइ लक्षित गरि स्वास्थ्य मा बजेट बिनियोजन गरेको जसमा घरघरमा सेनिटरी प्याड कार्यक्रम,सुत्केरिको घरघरमा जाँच, गर्भबती सङ्ग गाउपालिका कार्यक्रम,पुर्ण सस्थागत प्रसुती अभियान ,स्वास्थ्य आमा समूह पुनर्जागरण जस्ता कार्यक्रम यश बर्ष सन्चालन हुने अध्यक्ष थापा ले बताउनुभयो । गुल्मिदरबार गाउपालिका वार्ड न ७ का वडा अध्यक्ष  टोप बहादुर बस्नेत को अध्यक्षता र गाउँपालिका का अध्यक्ष  अशोक कुमार थापा को प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रम को सहजिकरण स्वास्थ्य शाखा संयोजक  नारायण प्रसाद अर्याल ले गर्नुभएको थियो । कार्यक्रम को सहजिकरण गर्दै अर्याल ले मानव जीवन मा स्तनपान अबधी अत्यन्त महत्वपुर्ण भएको , बच्चाको लागि आमाको पहिलो दूध अमृत समान हुने जस्ले बच्चा लाई जिबनभरको लागि रोगसित लड्ने शक्ति पैदा गर्ने, बच्चा जन्मेको १ घन्टा भित्र आमाको दूध अनिबार्यरुपमा चुसाउनुपर्ने, बच्चा ६ महिना नपुग्दा सम्म आमाको दूध बाहेक अरु कुनै कुरा खुवाउन नहुने,६ महिना पुगेपछी पनि पुरक खाना को साथमा २ बर्ष नपुग्दा सम्म आमाको दूध खुवाइरहनु पर्ने, आमाको दूध बच्चा को लागि मात्र नभै आमा,परिवार,समाज हुँदै राष्ट्र कै लागि महत्वपुर्ण हुने लगायत का कुराहरु बताउनुभएको थियो । कार्यक्रम मा जनप्रतिनिधी,कर्मचारी, पत्रकार,महिला स्वास्थ्य स्वमसेबिका र सुनौलो १००० दिनका महिला र बच्चाहरु को उपस्थिती रहेको थियो । दरबार देबिस्थान स्वास्थ्य चौकी कि का सुमन पन्थी को  स्वागत  मतव्य रहेको कार्यक्रम को सन्चालन स्वास्थ्य चौकी प्रमुख जुनाकला बस्नेत ले गर्नुभएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता