मालिका गाउँपालिकाको वडा नम्वर ६ अर्जैले थालेको पुर्ण सरसफाई उम्मुख घोषणा अभियानले तिव्रता पाउदै



पुष २० गुल्मी ।

गुल्मीको पश्चिम क्षेत्रमा पर्ने मालिका गाउँपालिकाका तीन वटा वडालाई यस आर्थीक वर्षमा पुर्ण सरसफाई उम्मुख वडा घोषणा गर्ने लक्ष्यका साथ आवश्यक कार्यहरु तिव्रताका साथ अगाडी बढाएको छ । जसमध्ये वडा नम्वर ६ अर्जे पनि रहेको छ । सो वडालाई समयमै पुर्ण सरसफाई उम्मुख वडा घोषणा गर्नेको नीम्ती विभिन्न कार्यहरु अगाडी बढाइएको वडा अध्यक्ष शोभाखर गिरीले जनाकारी दिए ।
वडा भित्र १२ वटा वातावरणीय सरसफाई तथा स्वाच्छता समिति गठन गरिने र आज दुई वटा समिति विस्तार गरिएको छ । जसमध्ये आज साविकको वडा नम्वर ९ मा राम प्रसाद भण्डारीको अध्यक्षतमा ३५ सदस्यीय वातावरणीय सरसफाई तथा स्वाच्छता समिति गठन गरिएको छ । त्यस्तै सरस्वती कुमालको अध्क्षयतमा कुमाल टोलमा ३० सदस्यीय वातावरणीय सरसफाई तथा स्वाच्छता समिति पनि आजै गठन गरिएको हो । अन्य टोलमा पनि क्रमश समिति विस्तार गर्ने वडा ले जनाएको छ ।
यस भन्दा अघी वडा स्तरीय वातावरणीय सरसफाई तथा स्वाच्छता समिति गठन गरिसकिएको छ । भने सोही अनुसार जिम्मेवारी समेत बाँडफाड गरिएको वडा अध्यक्ष शोभाखर गिरीले बताए ।
मालिका गाउँपालिकाले यस आर्थीक वर्षमा वडा नम्वर ६ अर्जै सहित , वडा नम्वर आठ मर्भङ्ग र वडा नम्वर चार अर्खबाङ्ग लाई पुर्ण सरसफाई उम्मुख वडा घोषणा गर्ने लक्ष्य लिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता