एमाले मर्भुङको वडा कमिटीको अध्यक्षमा सुरेश पौडेल !



कात्तिक -९ गुल्मी ।

लामो समयको धौडधुप पछि अन्तत: नेकपा एमाले मालिका गाउँपालिका ८ मर्भुङको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सुरेश पौडेलको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा टीका बहादुर क्षेत्री ,सचीवमा थम्मन सुनार , सह-सचीवमा पुर्ण पाठक  र सीता थापा रहेका छन ।

लामो समय सम्म राजनीति संगै सामाजिक सेवामा सक्रिय रहेका पौडेललाई सर्व सहमतले अध्यक्षमा चयन गरिएको नेकपा एमाले बताएको छ । मर्भुङमा वडा अध्यक्षको लागी ८ जनाले दावी गरेका थिए ।

दुई दिन सम्म लगातार बसेको पाटिको बैठकले पौडेललाई सर्व समहतले अध्यक्षमा चयन गरेको हो । त्यस्तै यता नवनिर्वाचित अध्यक्ष पौडेलले सबै कार्यकर्ता , सबै नेताको सहमतमा मलाई अध्यक्षमा चयन गरिको हो , जिम्मेवारी सहि ढंगले पुरा गर्ने बताएका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता