एमसिसि विरुद्ध गुल्मीमा विप्लव नेतृत्वको नेकपा द्धारा विरोध प्रर्दशन !



भदौ -२७ गुल्मी ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटी गुल्मीले आईतबार मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसिसि) विरुद्ध विरोध प्रर्दशन गरेको छ । राष्ट्रघाती एमसिसि सम्झौता खारेज गर , दलाल सरकार होसियार , हाम्रो भुमी फिर्ता गर जस्ता नारा लगाउदै सदरमुकाम तम्घास बजारमा विरोध प्रदर्शन गरेको हो ।
तम्घासको मिलन चोक बाट सुरु भएको विरोध र्यार्ली जिल्ला प्रशासन कार्यालय अगाढी आई कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई नेकपाका नेता तारा पोख्रेल र बसन्त गैरेले सम्वोधन गरेका थिए ।


दलित मुक्ती मोर्चाका जिल्ला अध्यक्ष समेत रहेका गैरेले चौतर्फी विरोध भैइरहेको एमसिसि केही नेताले कमिशनको लागी अगाडी बढाउन खोजेको बताए । एमसिसि राष्ट्रको लागी घातक रहेको सावित भैसकेको बताउदै यसको विरुद्ध सबै नेपाली एक जुट भएर विरोध गर्नु पर्ने उनको धारण रहेको छ । त्यस्तै नेकपाका जिल्ला सदस्य तारा पोख्रेलले एमसिसि सम्झौता तत्काल खारेज नभए नेपाली जनताले विद्रोह गर्ने चेतावनी दिएका छन् ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष हरी न्यौपानेले पनि एमसिसि सम्झौता खारेजको माग गर्दै आगमी दिनमा सबै पाटी र देशभकत नागरिकले संयुक्क्त रुपमा आन्दोलन गर्नु पर्ने बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता