मदिराको झोकमा मदाने गाउँपालिकामा खुकुरि प्रहार १ घाइते



बाबुराम बिक साउन १९ गुल्मी ।

गुल्मीको मदाने गाउँपालिका वडा नम्वर १ मा खुकुरि प्रहार भएको छ । मदाने १ का वावुराम चन्दले मदिराको झोकमा आफ्नै साथी वसन्त वोहरामाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मीन बहादुर घलेले जानकारी दिएका छन् ।

मदिरा सेवन गरेका उनीहरुविच शनिवार राति १० वजेतिर सामान्य विवाद हुदाँ चन्दले खुकुरी प्रहार गरेको बताइएको छ । घटनाका विषयमा थप अनुसन्धान शुरु गरिएको घलेले बताए । खुकुरी प्रहारवाट वसन्तको टाउको पछाडि गहिरो चोट लागेको छ ।

उनलाई जिल्ला अस्पताल तम्घासमा सामान्य उपचारपछि पाल्पा रिफर गरिएको छ । उनको अवस्था मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ । खुकुरी प्रहार गर्ने वावुरामलाई ईलाका प्रहरी कार्यालय पुर्कोटदहको प्रहरी टोलीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय पठाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरी जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता