बैंक बाट बिना ब्याज ऋण लिएर उद्यम गर्न चाहाने मालिकाका किसानलाई प्रशिक्षण !



फागुन -२८ गुल्मी ।

मालिका गाउँपालिकाले बिना ब्याज ऋण प्रबाह कार्यक्रमलाई प्रभावकारी बनाउदै लगेको छ ।
आर्थिक वर्ष २०७७/०७८ देखी सञ्चालीत ब्याज मिनाहा कार्यक्रमलाई किसान समक्ष पुराउन र किसानलाई बुझाउन शुक्रबार प्रशिक्षण समेत दिएको छ । गाउँपालिका भित्रका सहकारीमा आवद्ध किसानको व्यवसाय अनुसार सहकारी र वडाको सिफारिसमा ऋण प्रदान गरिने छ ।
वडा र सहकारीले दिएको सिफारिस तथा विश्वासका आधारमा ग्लोबल आईएमी बैंकले ऋण प्रवाह गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताए ।
त्यस्तै शुक्रबार गाउँपालिकाको सभाहलमा भएको प्रशिक्षणमा ग्लोबल आईएमी बैंक तम्घास शाखाका प्रमुख योगेन्द्र रायमाझीले बैंक बाट ऋण लिदा अपनाउनु पर्ने सावधानी तथा प्रक्रियाको बारेमा किसान,सहकारी तथा जनप्रतिनिधिलाई जानकारी गराएका थिए ।
किसान तथा सहकारी लाई सचेत सङै बिना ब्याज ऋण प्रवाह कार्यक्रमलाई प्रभावकारी बनाउन प्रशिक्षणको आयोजना गरिएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए ।
गाउँपालिकाले लिएको यो कार्यक्रम बाट गएको वर्षमा मात्रै सात जना युवाले ऋण लिएर व्यवसाय सुरे गरेको उल्लेख गरे ।
कृषिलाई व्यवसायी तथा आत्मनिर्भर बनाउने उदेश्यले गाउँपालिकाले कृषि उद्यम गर्न चाहनेलाई ऋण दिने र ब्याज गाउँपालिकाले तिर्न कार्यक्रम ल्याईएको गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले बताए । साथै एक जना किसानले सात लाख सम्म ऋण पाउने अध्यक्ष थापाले बताए ।
गाउँपलिका र ग्लोबल आईएमी बिचको ऋण प्रवाह साझेदारी कार्यक्रमलाई हेफेर इन्टरलेशलन नेपालले सहकार्य गरेको छ ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता