बुवा र दाजुहरुको सम्झनामा थानपती निमाविलाई पाँच हजार सहयोग
पुस २४ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिका -८ दघास निवासी जानकी बानियाँले विद्यालयलाई आर्थिक सहयोग गरेकी छन् । सोही ठाउँको थानपती निमाविले चलाएको अभियानलाई उनले आफ्ना स्वर्गीय बुबा नेत्र बहादुर बानियाँ तथा दाजुहरु नोख बहादुर र तेजेन्द्र बानियाँको सम्झनामा पाँच हजार एक सय ५१ सहयोग प्रदान गरेकी हुन ।
विद्यालयले सुरु गरेको बृहत शैक्षिक सुधार अभियानमा राम्रो लागेर साथ दिने उदेश्यले आफूले सक्दो सहयोग गरेको उनको भनाइ छ । साथै उनी “थानपती निमावि कल्याणकारी कोष´´को ४३ औं संस्थापक सदस्य बनेकी छन् । आफुले पढेको विद्यालयले राम्रो अभियान चलाएको हुँदा खुलेर स्वतस्फूर्त सहयोग गरेको उल्लेख गरिन । साथै उनले अरुलाई पनि सहयोग गर्न आग्रह गरेकी छन् ।
ग्रामिण क्षेत्रमै आम नागरिकको चाहना अनुसार अङ्ग्रेजी र नेपाली माध्यम बाट गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले अभियान सुरु गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डिबी खड्काले बताए ।
अभियान बाट जम्मा भएको रकम अचल सम्पत्तिको रुपमा रहने र त्यसको ब्याज मात्रै प्रयोग गरि शैक्षिक गतिविधि गर्ने विद्यालयका प्रधानाध्यापक गोबिन्द बुढाले जानकारी दिए ।
विद्यालयमा प्राप्त आर्थिक स्रोत र दरबन्दी नहुदा पठनपाठनमा समस्या आएको हुँदा त्यसको पुर्तिको लागि अभियान चलाईएको विद्यालय स्रोतले जनाएको छ ।
साथै सहयोग गर्न चाहेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैक सिमलाटारी शाखामा थानपती कल्याणकारी कोष (खाता नम्बर
01400700690479000001) सहयोग गर्न सकिने विद्यालयले जानकारी दिएको छ ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।