बस दुर्घटनामा ज्यान गुमाउने तीनै जना एकै परिवारका !



सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको रात्री बस धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ३ सलाङघाट स्थित पृथ्वीराजमार्गबाट त्रिशूली नदीमा खसेर दुर्घटना भएको छ ।

तस्वीर उज्यालो अन्लाई बाट

दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । १७ जनाको उद्धार गरिएको छ । घाइतेको उद्धार कार्य जारी रहेको छ । बसमा ४५ जना यात्रु रहेको अनुमान गरिएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा राजनारायण रौनियार, उनकी श्रीमती शोभा रौनियार र सौरभ रौनियार रहेको धादिङ प्रहरीले जानकारी दिएको छ । तीनै जना सर्लाही ब्रम्हपुरी गाउँपालिका वडा नम्बर ४ का हुन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बसमा जीवन भनेर चिनिने लक्ष्मण जमरकटेल चालक, सहचालकहरू प्रमोद चौधरी र ऋषी उप्रेती सवार थिए ।
प्रहरीका अनुसार उद्धार गरिएका १६ जनामा भुपेन्द्र कुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखर कुमार महतो, राकेश बैठा, संजय महतो, रहेका छन ्। त्यसैगरी जहेन्दर ठाकुर, रोहित कुमार मण्डल, शमिम राजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकटेल, विजय राय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी, राहुल रहेका छन् ।
इलाका प्रहरी कार्यालय गजुरी धादिङले दिएको प्रारम्भिक जानकारी अनुसार सर्लाहीबाट काठमाडौंका लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस विहान ३.३० वजेतिर पृथ्वीराजमार्गको सलाङबाट त्रिशूली नदीमा खसेको हो । बस त्रिशूली नदीमा डुविरहेको छ भने निकै अप्ठेरो ठाउँमा दुर्घटना भएको कारण उद्धारमा समेत कठिनाई भएको प्रहरीले जानकारी दिएको छ । घाइतेको उद्धार गरि उपचारका लागि मलेखु सामुदायिक अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र पठाईएको र बाँकी यात्रुको उद्धार कार्य जारी रहेको छ ।
उद्धारका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस कर्मी, स्वयंसेवी समूहको टोली दुर्घटना स्थलमा खटेको छ ।

गोरखापत्र अन्लाईबाट

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता