परराष्ट्रमन्त्री ज्ञवाली भन्छन् :निषेधित क्षेत्र तोड्न खोजेपछि मात्र प्रहरीले बल प्रयोग गरेको हो



माघ १८ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नागरिक समाजका प्रतिनिधिहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि मात्र प्रहरीले बल प्रयोग गरेको स्पष्टिकरण दिएका छन् ।

उनले भने, ‘मैले त्यो कार्यक्रमको थ्रुआउट भिडियो हेरेँ । प्रहरीले भनिरहेको छ, तपाईंहरु दिनभरि आन्दोलन गर्नुस्, जुनसुकै नारा लगाउनुस्, हामीलाई आपत्ति छैन तर कृपया निषेधित क्षेत्र नाघेर अगाडि नबढ्नुहोस् । राज्यले यति भन्न पाउँदैन रु’

‘फेरि बालुवाटार, शीतलनिवास र सिंहदरवार वरिपरि निषेधित क्षेत्र तोकेको वर्तमान सरकार आएपछि मात्र हो र रु,’ उनले प्रश्न गरे, ‘नागरिक समाजको आन्दोलन भन्नेबित्तिकै हामी भद्र, मर्यादित, संयमित रअरुका लागि पनि एक किसिमको मान स्थापित गर्ने खालको बुझ्छौँ । निषेधित क्षेत्र नै तोड्नुपर्ने खालको परिस्थिति सिर्जना भएको थियो र रु’

उनले आन्दोलनमा भएका अधिकांशलाई चिन्ने बताउँदै उनीहरुलाई परेको असुविधाले आफूलाई पनि दुख्ने बताउँदै राज्यको कानुन हातमा लिन हामीले कसैलाई उक्सान नहुने जिकिर गरे ।

‘हुन त केही मान्छेलाई अहिले पूर्वराजा ज्ञानेन्द्रभन्दा पनि केपी ओली खराब लागेको छ । त्यो दृष्टिकोणसँग कुनै बहस गर्नु छैन । विचारसँग बहस गर्न सकिन्छ, आग्रहसँग सकिन्न,’ उनले भने ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता