नेपाल टेलिकम जिल्ला शाखा गुल्मी द्वारा अमरपुरमा निःशुल्क सिम वितरण

भदौ ७ गुल्मी
नेपाल टेलिकम दूरसञ्चार कार्यालय जिल्ला शाखा गुल्मीले निःशुल्क नमस्तेको सिम वितरण गरेको छ ।

शुक्रवार जिल्लाको इस्मा गाउँ पालिका वडा नम्बर ६ अमरपुरमा तीन सय पचास वटा सिम प्रदान गरिएको निमित्त कार्यालय प्रमुख शंकर सुवेदीले बताए । नयाँ टावरको विस्तार सँगै पाँच सय सिम वितरण गर्न योजना र वडा कार्यलयको विशेष पहलमा सिम वितरण गरिएको हो । नेपाल टेलिकमले टावर विस्तार सँगै निःशुल्क सिम प्रदान स्थानीय हर्षित बनेका छन् ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।