नेकपा माओवादी केन्द्र मालिकाको सम्मेलन बैशाख २० गते ,महासचिव गुरुङले उद्वघाटन गर्ने

गुल्मी, बैशाख १८ – नेकपा माओवादी केन्द्र मालिका गाउँपालिकाको तेस्रो पालिका सम्मेलन बैशाख २० गते हुने भएको छ। गाउँपालिकाको वडा नम्बर चार स्थित ठुलीचौरमा तेस्रो पालिका सम्मेलन हुने गाउँकमिटी अध्यक्ष महेन्द्र बिसीले जानकारी दिए । सम्मेलनको पार्टीका महासचिव देव गुरुङले उद्वघाटन गर्ने छन । महासचिव गुरुङ प्रमुख अतिथिको रुपमा आउने पक्का भएको नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य बुद्धि जिसीले जानकारी दिए ।
सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ। स्थानीय नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूमा सम्मेलनको चर्चा बढेसँगै विशेष उत्साह देखिएको छ। सम्मेलनले संगठन सुदृढीकरण, कार्यदिशा पुनरावलोकन र आगामी रणनीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
साथै जनयुद्धको आधार क्षेत्र मानिने मालिकामा पार्टी र संगठनलाई गतिशील बनाई जनप्रिय पार्टी बनाउने समक्ष नेतृत्वको समेत सम्मेलनले निर्वाचन गर्नेछ ।
लुम्बिनी प्रदेश कमिटीका सदस्य एवम् मालिका गाउँपालिका अध्यक्ष समेत रहेका देवीराम अर्यालले भने, “सम्मेलनले पार्टीलाई स्थानीय तहमा अझ सशक्त बनाउनेछ र महासचिवको आगमनले कार्यकर्ता–समर्थकमा उत्साह थपेको छ।”
सम्मेलनमा पार्टीका जिल्ला तथा प्रदेशस्तरीय नेताहरूको पनि सहभागिता रहने छ ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।