नेकपाको उत्पादन नीति :  चन्द्रकोटमा फलफूल र जडिबुटीका बिरुवा लगाईयो



असार २६ गुल्मी ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो केन्द्रिय उत्पादन  नीति अनुसार गुल्मीमा पनि यसलाई निरंतरता दिएको छ । यसैबीच गुल्मीको चन्द्रकोट गाउँपालिका ४ रेमीमा पाँच रोपनी जग्गामा फलफूल र जडिबुटीका बिरुवा लगाईएको पार्टीका जिल्ला इन्चार्ज खोमा तरामु मगरले जानकारी दिए ।
उनका अनुसार तीन सय सुन्तला ,५० वटा टिमुर र १०० वटा सुन्तलाका बिरुवा लगाईएको छ ।
सामुहिक श्रम ,एकीकृत स्वामित्व र ब्याक्तिगत उत्तरदायित्व भन्ने मुल नारालाई आत्मसात गर्दै विप्लव नेतृत्वको नेकपा अहिले देश भर कृषि उत्पादनमा जोडिदै छ । गुल्मीमा कृषि संग सम्बन्धित सरकारी तथा गैर सरकारी संस्था र स्थानीय सरकारले प्राविधिक सहयोग गरिरहेको नेकपा गुल्मीले जनाएको छ ।
यस्तै सोमबारको बिरुवा रोपण कार्यक्रममा पनि चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले पनि सहभागीता जनाएका थिए । कृषि अर्थतन्त्र सुधार र उत्पादनमा जोडिने विषय सकारात्मक रहेको उनले प्रतिक्रिया दिए । जुनसुकै दल ,ब्याक्ती समुह जसले गरेपनी श्रम र उत्पादन सबैको लागि प्रेरणादायी हुने हुँदा आफ्नो सहभागी रहेको अध्यक्ष केसीले बताए ।
विप्लव नेकपाले गुल्मीको धुर्कोट,सत्यवती र मदाने गाउँपालिकामा पनि कृषि उपज उत्पादनको थालनी गरेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता