नयाँ अभ्यास गर्दै माओवादी,संस्थापक नेता खत्रीलाई अभिनन्दन !



कात्तिक १० गुल्मी ।
समाजमा योगदान पुराउने र राजनीतिक रुपमा अहम भुमिका खेल्नेहरुलाइ दुख विमार वा अन्य कारणले निष्कृय  हुदाँ वास्त नगर्ने जव मृत्यु हुन्छ तव भने उसको बढाईचढाई गर्दै मृत्यकको फोटोमा फुल माला तथा अविरले सम्मान गर्ने नेपाली प्रचलन रहि आएको छ ।
यस्तो प्रचलन तोड्दै नेकपा माओवादी केन्द्र गुल्मीेले यस जिल्लाका संस्थापक कम्युनिस्ट नेता मध्येका एक जना जिवित योद्धालाई शनिवार एक भव्य समारोहका बिच अभिन्दन गरेको छ ।
जिल्लाको मदनो गाउँपाकिा  ६ पैंयुपाटका ९१ वर्षीय कम्युनिस्ट  नेता कर्ण बहादुर खत्रीलाई अथक योद्धा कमरेड कर्ण बा का रुपमा अभिन्दन गरिएको हो ।  उहाँलाई अभिन्दनन गर्न माओवादी केन्द्रको केन्द्रिय कमिटि,प्रदेश कमिटि,जिल्लाका १२ वटै स्थानीय कमिटि,सहित सिंगो जिल्लका नेता कार्यकर्ता सम्मान समारोहमा पुगेका थिए ।
२०४३ सालमा भारत प्रभास बाट मसालको राजनीतिमा सकिृय रहनुभएको र त्यहाँको नेपाली एकता समाज गठन गर्नमा उहाँको ठुलो योगदान रहेको प्रत्यक्ष आफुले देखेको कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिव चक्रपाणी खनाल बलदेवले बताउनु भयो ।
पुर्व कृषी मन्त्री समेत रहनु भएका नेता खनालले उहाँ भारत प्रभास पछि २०४९ सालमा नेपाल फर्किएको र त्यहाँ देखि हाल सम्म माओवादी आन्दोलनमा सतिसाल बनेक उभिएका कर्ण बा को अनुशरण गर्नु पर्नेमा जोड दिनु भयो । त्यस्तै कार्यक्रमका विशेष अतिथि सो पार्टीका प्रदेश कमिटि अध्यक्ष शुर्दशन बरालले कर्ण बा सबैका आदर्शका पात्रा भएको बताउनु भयो ।
जनयुद्धको कठिन परिस्थितिमा पनि कतै विचलित नभएर निरन्तर आन्दोलनमा लाग्ने एक अथक सच्चा योद्वा भएको उल्लेख गर्नु भयो ।
कर्ण बा लाई अभिन्नदन गर्न माओवादी मात्रै पुगेका थिएन् कांग्रेस एमाले सहित विभिन्न राजनीतिक दलमा आस्था राख्ने नेताहरु पुगेका थिए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता काशि ब.बोहोराले माओवादीले समाजमा यस्ता कार्य गरेर सबैलाई उछिनिएर ,संस्कारको पाठ सिकाएको बताउनुभयो ।
समाजमा योगदान पुराउनेहरुलाई मरेपछि फोटोमा माल्यारोपण गर्ने,सामाजिक सञ्जाल रंगाएर सम्मान दिन चलन छ ,जुन गलत हो जिवित छदा वास्तै नगर्ने जव मृत्यु हुन्छ सम्मान प्रकट गर्ने कुरा राम्रो होईन माओवादीले कर्ण बालाई जस्तै जिवित छदै सम्मान गर्नु पर्छ ।
त्यस्तै नेकपा एमालेका मदाने गाउँ कमिटि अध्यक्ष प्रेम केसीले माओवादी केन्द्रले आयोजना गरेको कम्युनिस्ट  योद्धा कर्ण बहादुर बा को अभिन्नदन कार्यक्रमले आफुलाई एमाले माओवादी संगै छदा नेकपाको झल्को आएको महसुुुस भएको बताउनु भयो ।  त्यस्तै सम्पुर्ण जनप्रतिनिधीको तर्फबाट अभिन्नदन कार्यक्रकमा बोल्दै मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले गुल्मेली कम्यिुष्टका अभिभावक कर्ण बालाई जिवित छदै सम्मान दिएको मा नेकपा माओवादी केन्द्र गुल्मी प्रति धन्यवाद प्रकट गर्नु भयो ।
त्यस्तै अभिन्नदन कार्यक्रममा परिवारको तर्फ बाट धन्यवाद मन्तब्य राख्दै उहाँकी नातिनि निर्मला केसीले नेकपा माओवादी पार्टी जिल्ला कमिटि परिवार प्रति आभार प्रकट गर्नु भयो ।
उहाँले भन्नु भयो “गाउँ समाज देखि देश विदेशले तिम्रो हजुरबुवाको योगदाको सट् तिमिलाई पार्टीले के दियो भनेर प्रश्न गरिरहनु हुन्थ्यो जसको जवाफ आजको यस कार्यक्रमले दिएको छ´´  । तर पनि हाम्रो परिवार कुनै व्याक्तीगत स्वार्थको लागि भन्दा पनि समाज रुपान्त्रणको लागि लागे र आगामी दिनमा पनि निरंन्तर लाग्ने बताउनु भयो ।
कार्यक्रम माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक तेजेन्द्र सलामीको अध्यक्षयता र सचिब अशोक थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता