नगरपालिकाले बेवास्ता गरेको गुल्मीको थ्रीडि पार्क विद्यार्थीले गरे सरसफाई



मनोज कार्की-

१३ साउन, गुल्मी । लुम्बिनी प्रदेश सरकार र रेसुङ्गा नगरपालिका गुल्मीको ५०-५० प्रतिशत साझेदारको लगानीमा सदरमुकाम तम्घासमा निर्माण गरिएको थ्री डि पार्क सम्बन्धित निकायको बेवास्ताले लामो समयदेखी फोहोर फाल्ने केन्द्र जस्तै बन्दै आएको थियो । सदरमुकाम तम्घासमा नगर स्तरीय उपभोक्ता समितिले जिल्ला प्रशासन कार्यलय र जिल्ला समन्वय समितिको कार्यालय अगाडि निर्माण गरिएको थ्रीडि पार्क फोहोर फाल्ने केन्द्र बनेको स्थानीयले गुनासो गर्दै आएका थिए । निर्माण गरिएको थ्री डि पार्क संचालन तथा उद्धघाटन हुन नपाउँदै निर्माण गरिएका भौतिक संरचना ध्वस्त भएका छन् ।

पछिल्लो समय पार्क बेवारिसे भएको भन्दै स्थानीयले आलोचना गर्दै आएका थिए । सम्बन्धित निकायको मौनता र बेवास्ताका कारण संचालनमा आउन नपाउँदै एकातिर पार्कले पहिचान गुमाउन थालेको थियो भने अर्कोतिर फोहोर फाल्ने ठाउँमा परिणत बन्न थालेको थियो । तर, यस पार्कको मङ्गबार गुल्मी जिल्लाको शैक्षिक धरोहर रेसुङ्गा माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीले सरसफाई गरेका छन् ।

प्रशासन कार्यलय अगाडि निर्माण गरिएको थ्रीडि पार्कको दुरुपयोग र फोहोर देखर आफ्ना विद्यार्थीहरुसँग सल्लाह गरी सफाई गरिएको रेसुङ्गा माध्यमिक विद्यालयका शिक्षक हरि थापाले बताए । थ्रीडि पार्कको सफाई गर्दै यो जिल्लाकै साैन्दर्यता भएकाले फोहोर नगरी अवलोकन गर्न आग्रह समेत गरे ।

थ्रीडि पार्क निर्माणपछि संचालनमा ल्याउने तयारी भएको तर विश्वव्यापी रुपमा फैलिएको कोराना भाइरस र लकडाउनका कारण संचालनमा ल्याउन कठिनाई भएको रेसुङ्गा नगरपालिका ८ का वडाअध्यक्ष भरत भलामीले बताए । वडाअध्यक्ष भलामीका अनुसार बाँकी निर्माण र पार्कको व्यवस्थापनमा यस वर्ष नगरपालिकाबाट बटेज विनियोजन भइसकेकोले तत्काल यसको संरक्षण गर्दै संचालनमा ल्याउने बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता