गुल्मीका चर्चित बक्सिङ खेलाडी भुजेललाई सम्मान !



सन्तोष महतारा माघ -५ गुल्मी ।

जिल्ला खेलकुद विकास समिति गुल्मीद्वारा चर्चित बक्सिङ खेलाडी झपट भुजेललाई सम्मान गरिएको छ। बुधबार जिल्ला खेलकुद विकास समितिको कार्यालय तम्घासमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा बक्सिङका चर्चित खेलाडी भुजेललाई सम्मान गरिएको हो ।

गुल्मीको रेसुङा नगरपालिका वडा नम्बर ८ का भुजेल सन् १९८६ मा सम्पन्न भएको एसियाली र सन् १९८८ मा सम्पन्न अर्न्तराष्ट्रिय ओलम्पिकमा नेपालको तर्फबाट सहभागि भएको, खेल खेल्नको लागि पटकपटक हङकङ, चिन, थाइल्याण्ड, मलेसिया, बेलायत र स्कटल्याण्डमा पुगेर च्याम्पियन बन्दै गुल्मीसहित समग्र नेपालको शिर उच्च राखेको भन्दै भुजेललाई जिल्ला विकास समिति गुल्मीको तर्फबाट सम्मान गरिएको कार्यालय प्रमुख डिल्ली बिकले जानकारी दिए । बक्सिङ खेलमा अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित खेलाडी भुजेल ३५ वर्षदेखि निरन्तर खेल क्षेत्रमा क्रियाशील छन् ।

कार्यक्रममा प्रमुख अतिथि कृष्ण प्रसाद भण्डारीले चर्चित बक्सिङ खेलाडी भुजेलले बक्सिङ मात्र नभई गुल्मी जिल्लामा हरेक विधाका खेलहरु अगाडि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले खेलाडी बीचमै विस्थापित हुनु परेको अवस्थामा अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी भुजेल गुल्मीको शिर उच्च राख्न निरन्तर खटेको बताएका थिए । खेलप्रति उत्साह बोकेको खेलाडी निरुत्साहित हुने अवस्था नेपालमा भएको भन्दै यसको अन्त्यका लागि अन्तर्राष्ट्रिय अनुभव बटुलेका बक्सिङ खेलाडी भुजेललाई आफ्नो ठाउँबाट प्रयास गर्न लुम्बिनी प्रदेश खेलकुद परिषद् सदस्य समेत रहेका भण्डारीले आग्रह गरे ।

जिल्ला खेलकुद विकास समिति गुल्मीका अध्यक्ष तथा कार्यक्रममा अध्यक्ष मनोज काउछाले अग्रज खेलाडी भुजेलको योगदानले गुल्मीको खेल क्षेत्रमा विकास भएको बताए । थुप्रै खेलमा गुल्मीका खेलाडीले नेतृत्व गरेको भन्दै काउछाले भुजेलको खुलेर प्रशंसा गरेका थिए ।

सम्मान कार्यक्रममा जिल्ला खेलकुद विकास समिति गुल्मीका कोषाध्यक्ष महेश काउछाले स्वागत मनतब्य राख्दै भुजेलको प्रशंसा गरेका थिए । खेल क्षेत्रमा क्रियाशील भुजेलले हरेक खेलमा गुल्मीबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा परिचित हुन सफल भएकोमा खुशी लागेको उनले बताएका थिए । कार्यक्रममा बालबालिकाहरुलाई खेलकुदमा उत्प्रेरित गरेर अगाडि बढाउन आवश्यक रहेको कोषाध्यक्ष काउछाले बताए । कार्यक्रमको संचालन गर्दै कार्यालय प्रमुख डिल्ली बिकले बक्सिङ क्षेत्रका चर्चित खेलाडी भुजेलको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समिति गुल्मीका अध्यक्ष मनोज काउछा, लुम्बिनी प्रदेश खेलकुद परिषद् सदस्य कृष्ण प्रसाद भण्डारी, जिल्ला खेलकुद विकास समिति गुल्मीका कोषाध्यक्ष महेश काउछा लगायत अन्य खेलाडीहरुको उपस्थिति रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता