दुर्घटना प्रती दुःख व्यक्त गर्दै, वडा कार्यलय द्वारा शोक वक्तव्य !!

डिबि खडका ,मङ्सिर १८ गुल्मी ।
बाग्लुङको बडिगाड गाउँ पालिका वडा नम्बर सात भिमगिठेमा भएको जिप दुर्घटना प्रती वडा कार्यालयले दुःख व्यक्त गरेको छ ।
बुधबार शोक वक्तव्य जारी गर्दै वडा कार्यालयले दुर्घटनाले ” हामी सम्पुर्ण वडा बासी सङै सिङो समुदायलाई स्तब्ध बनाएको छ ” ।
वडा अध्यक्ष कृष्ण गुरुङ र सचीव नरविर पर्तेलले हस्ताक्षर गरिएको शोक वक्तव्यमा लेखिएको छ । “यस दुर्घटना मा ज्यान गुमाउनुहुने मृतक हरु साथै उपचारको क्रममा रहनु भएका घाईतेहरु प्रती सिङो बडिगाड गाउँ पालिका वडा नम्बर सात लाई ममार्हत र दुखी बनाएको छ । यस दुख को घडिमा मृतक हरु प्रती भाव पुर्ण श्रद्धाञ्जली अर्पण गर्दै सोकाकुल परिवार र आफन्तमा हार्दिक समवेदना व्यक्त गर्दछौ साथै घाइते हरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ “।

हिजो बागलुङको बडिगाड गाउँपालिका ७, घोपर्नामा जिप दुर्घटना हुँदा १५ जनाको ज्यान गएको थियो । गुल्मीको इस्मा गाउँ पालिका वडा नम्वर चार दोहोली बाट छुटेको ग १ ज ५२१९ नम्बरको जिप दुर्घटना भएको हो ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।