चन्द्रकोट बहुमुखी क्याम्पसलाई सहयोग गर्ने दानवीरहरुको शालिक अनावरण !



फागुन ३० ।

चन्द्रकोट गाउँपालिकाको एक क्याम्पसले आर्थिक सहयोग प्रदान गर्ने दानविरहरुको अर्धकदको शालिक अनावरण गरेको छ ।
वडा नम्बर चारमा रहेको चन्द्रकोट बहुमुखी क्याम्पसले क्याम्पस सञ्चालन गर्नको लागी २०६५ सालमा चलाईको धान्यचलमा धेरै आर्थिक सहयोग गर्ने तीनजनाको अर्धकदको शालिक अनावरण गरेको हो ।

क्याम्पसको १३ औं वार्षिकोत्सबको अवसर पारी २२ लाख दुई हजार सहयोग गर्ने मधुराम श्रेष्ठ,२२ लाख एक हजार सहयोग प्रदान गर्ने कुल बहादुर श्रेष्ठ र २० लाख ११ हजार सहयोग प्रदान गर्ने कृष्ण बहादुर खत्रीको अर्धकदको शालिक र शिला लेख अनावरण गरिएको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष दोर्ण बहादुर खत्रीले जानकारी दिए ।
चन्द्रकोट बहुमुखी क्याम्पस सञ्चालनको निम्ति उनिहरुले आर्थिक संगै क्याम्पसका हरेक गतिविधिलाई सहयोग गर्ने गरेको स्मरण गर्दै अर्धकदको शालिक र शिलालेख निर्माण गरिएको क्याम्पसले जानकारी दिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता