गुल्मीमै पहिलो पटक अर्खबाङमा प्याराग्लाइडिङ महोत्सव, जाने होईन त ?



फागुन ११ ।

गुल्मीको मालिका गाउँपालिकामा जिल्लामै पहिलो पटक प्याराग्लाइडिङ महोत्सव हुने भएको छ ।
मालिका गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा टेवा पुराउने उद्देश्यले प्याराग्लाइडिङको आयोजना गरिएको मालिका गाउँपालिका अध्यक्ष रित बहादुर थापाले जानकारी दिए ।
मालिका गाउँपालिकाको आर्थिक सहयोग तथा अर्खबाङ बजार व्यवस्थापन समितिको सहकार्यमा महोत्सवको आयोजना गरिएको बजार व्यवस्थापन समितिका अध्यक्ष बसन्त अर्यालले बताए ।
महोत्सव फागुन १२ गतेदेखि २७ गते सम्म चल्नेछ । मालिका गाउँपालिकाको वडा नम्बर चारको देउराली डाडा बाट हुने उडान बाट बाट मालिका गाउँपालिका संगै मदाने लेक र अन्य यस क्षेत्रका पर्यटिकय संगै धार्मिक स्थलको अवलोकन गर्न सकिने छ । साथै प्याराग्लाइडिङको शुल्क प्रती व्यक्ति दुई हजार तोकिएको छ । केहि समय अघि देउराली डाडा बाट गाउँपालिकाले प्याराग्लाइडिङको सफल परिक्षण गरेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता