गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाद्धारा तिजगितको आयोजना ।



 

कौरव खत्री – गुल्मी ।

गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाको आयोजनामा अष्ट्रेलियाको मेल्वर्न शहरमा तिज गित कार्यक्रम गरिने भएको छ ।

आउँदो २६ अगस्ट अर्थात आगामी भाद्र ९ गते अष्ट्रेलियाको मेल्वर्न शहरमा नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा तिजगित कार्यक्रमको आयोजना गरिएको गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका सचिवमा प्रकाश अर्यालले जानकारी दिए ।

नेपाली कला संस्कृतिको संरक्षण र प्रर्वद्धन गदै युवा पुस्तामा हाम्रा मौलिक कला संस्कृतिहरुलाई हस्तान्तरण गर्ने उद्देश्यअनुरुप कार्यक्रम गर्न लागिएको सचिव अर्यालले जानकारी दिए ।

हाल रोजगारीको शिलशिलामा अष्ट्रेलियाका विभिन्न शहरहरुमा छरिएर रहेका नेपालीहरु एवं गुल्मेलीहरुलाई उक्क्त तिज गित कार्यक्रममा सहभागि हुनको लागि गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाले आग्रह गरेको छ ।

कार्यक्रमलाई भव्य र सव्य बनाउनका लागि गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाले यतिबेला व्यापक प्रचार प्रसारलाई तिव्रता दिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता