गुल्मीमा सरकारी स्वास्थ्य संस्था प्रति बिरामीको आकर्षण बढ्दो !



डि.बि खड्का गुल्मी ।
गुल्मीमा पछिल्लो समय गुल्मीका सरकारी स्वास्थ्य संस्था प्रति बिरामीको आकर्षण बढ्दो देखीएको छ ।
सेवा प्रवाह देखी लिएर सरकारी स्वास्थ्य संस्थामा थप गरिएका  सेवा सुविधा ,स्वास्थ्य कर्मचारीहरूको आचरण जस्ता कुराहरूमा उल्लेखनीय  सुधार हुँदै गए पछि सरकारी स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप बढ्दै जान थालेको हो ।
जसको पछिल्लो उदाहरण हो जिल्लाको जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रको । जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रले स्वास्थ्य सेवामा प्रदान गर्न  सेवा सुविधा चुस्त दुरुस्त बन्न थालेपछी बिरामीहरूको पनि चाप बढ्दै गएको हो । अहिले दैनिक सय जना भन्दा बढी बिरामीले  सेवा लिने गरेको जोहाङ प्राथमिक स्वास्थ्य  केन्द्रकी प्रमुख डाक्टर शिला ढकालले बताईन । जुन  केही समय अघिको भन्दा दोब्बर हो ।
जोहाङ प्राथमिक स्वास्थ्य केन्द
जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सत्यवती गाउँ पालिका ,छिमेकी रुरु गाउँ पालिका,चन्द्रकोट गाउँ पालिका ,मुसिकोट नगरपालिका, र गण्डकी प्रदेशको  स्याङ्जा जिल्ला बाट समेत बिरामीहरू सेवा लिन आउने गरेको डाक्टर सुनिल ज्ञावलीले बताए । आवश्यकता अनुसार बिरामी भर्ना गरी जोहाङ प्राथमिक स्वास्थ्य केन्द्र बाट हाल ओपिडी सेवा,ल्याव,  नि ःशुल्क प्लास्टर ,एक्स रे, भिडियो एक्स९रे ,पाठेघरको मुखको क्यान्सरको नियमित निःशुल्क जाँच, रेबिज विरुद्धको सुई सँगै सत्यवती गाउँ पालिकाको सहयोगमा मानसिक रोगीको नि ःशुल्क उपचार  जस्ता विविध सुविधाहरू प्रदान गरिएको छ भने केही दिनमै कलेजोको जाँच ,लिपिड प्रेफाईल सेवा सुचारु गरिने जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रले  जनाएको छ । ७० वर्ष भन्दा माथिका वुद्धा हरूलाई  निःशुल्क स्वास्थ्य  सेवा प्रदान गरिएको छ । सत्यवती गाउँ पालिका बाट राम्रो सहयोग मिलेको र जोहाङ प्राथमिक स्वास्थ्य केन्द्र भित्रै फार्मेसी सञ्चालन गर्न  सके बिरामीलाई थप सुविधा मिल्ने डाक्टर ढकालले उल्लेख गरिन ।
हाल जोहाङ प्राथमिक स्वास्थ्य केन्दमा तीन मेडिकल अधिकृत डाक्टर सहित १६ जना स्वास्थ्य कर्मी कार्यरत रहेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता