गुल्मीमा दिउँसै घर बाट नगद सहित गरगहना चोरी !



माघ- १४ गुल्मी ।

गुल्मीमा दिउँसै घर बाट नगद सहित सुनका गरगहना चोरी भएका छन् । जिल्लाको रेसुङा नगरपालिका ११ राङ्बासका ज्ञानु भुसालको घरमा चोरी भएको हो ।
शुक्रबार दिउँसो करिब तीन देखी पाँच बजेको समयमा घरबाट एक लाख १६ हजार नगद सहित करिब तीन तोला सुनका गरगहना चोरी भएको परिवारजनले बताए ।
केहि दिन अघि बैंक बाट झिकेको १ लाख र माईता आएकी चेली गाईत्रा भुसालका गरगहना चोरी भएका हुन ।
केहि दिन अघि बैंक बाट झिकेको पैसा र मार्इता आएकी छोरीका गरगहना चोरी हुँदा चिनेजानेकै मान्छेले चोरी गरेको हुन सक्ने परिवारको आंशका रहेको छ ।
यता घटना लगत्तै जिल्ला प्रहरी कार्यालय गुल्मीको टोली घटनाको स्थलगत अनुसन्धान गरेको थियो ।
घटना बारे थप अनुसन्धान सुरु जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधव खरेलले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता