गुल्मीमा थप १० जनामा कोरोना संक्रमण,सक्रिय संक्रमितको संख्या ५ सय ८१ पुग्यो !



भाद्र १४-गुल्मी।

गुल्मीमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३३ जनामा गरिएको परिक्षणमा ६ जना पुरुष र ४ जना महिला गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ ।

रुरुक्षेत्र गाउँपालिकाका ५ जना,धुर्कोट गाउँपालिकाका ४ जना र छत्रकोट गाउँपालिकामा १ गरि १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा कोरोनाका सक्रिय संक्रमित संख्या ५ सय ८१ पुगेको छ।

त्यस्तै,पछिल्लो २४ घण्टामा ६७ जनाले कोरोना जितेका छन् । यो संगै गुल्मीमा अहिले सम्म कुल ५ हजार १ सय ५४ जना कोरोना जितेका छन् । जिल्लामा दोश्रो लहरको कोरोना संक्रमणबाट ९५ जनाको मृत्यु भएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता