गुल्मीमा कोभिड विरुद्धको खोप अभियान सुरु,पहिलो दिन १०१ जनाले लगाए खोप



माघ १५- गुल्मी ।

गुल्मीमा आज देखी कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
आज जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीका कार्यालय प्रमुख डाक्टर भवानी शर्मालाई खोप लगाएर अभियानको सुरुवात गरिएको हो ।
आज पहिलो दिन कोभिड १९ विरुद्ध अग्र भागमा रहेर काम गर्ने स्वास्थ्य कर्मी, सुरक्षाकर्मी गरि एक सय एक जनालाई खोप प्रदान गरिएको जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीका  सुचना अधिकारी पशुपती आर्चायले जानकारी दिए ।

गुल्मीमा पहिलो चरणमा दुइ हजार भन्दा बढीलाई खोप प्रदान गरिने छ । गुल्मीका लागि ४ सय १८ भायल कोरोना खोप प्राप्त भएको भने छ । यसबाट साढे १९ सय जनाले दुवै डोज लगाउन मिल्ने स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
जिल्ला अस्पताल गुल्मीमा एउटा मात्र खोप केन्द्र रहेकाले स्थानीय तहका स्वास्थ्यकर्मी तथा पहिलो चरणमा खोप लगाउन आवश्यक पर्नेहरु लाई पालैपालो खोप प्रदान गरिने छ ।

कोरोनाको खोप अन्य रोगको खोप जस्तै भएका कारण नडराई खोप लगाउन जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीले अनुरोध समेत गरेको छ ।गुल्मी जिल्लमा पहिलो चरणको खोप अभियान माघ २४ गते सम्म चल्ने छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता